Search

आज दोलखामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

आज दोलखामा थप १२ जनामा कोरोना संक्रमण पुष्टि

अजय प्रधान
बाँपीझ्याला, दोलखा
। दोलखामा आज थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सदरमुकाम चरिकोट स्थित चरिकोट अस्पतालको पिसिआर ल्यावमा आज २८ जनाको पिसिआर परिक्षण गरिएकामा १२ जनाको रिपोर्ट पोजिटिभ आएको हो । त्यसैगरि स्थानिय तहमा ८ जनाको एन्टिजिन परिक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले जनाएको छ । आज थपिएका संक्रमितको विस्तृत विवरण भोली प्राप्त हुनेछ ।

दोलखामा ४ हजार १ सय ५९ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ६ सय ६५ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ भने एक हजार ८ सय २९ जनाको एन्टिजिन परिक्षण गरिएकामा ४ सय ७५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!