Search

हजुरको आजको दिन, १९ आषाढ २०७८ शनिवार को राशिफल

हजुरको आजको दिन, १९ आषाढ २०७८ शनिवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज झुटा आरोप आइपर्दा समस्या खेप्नुपर्नेछ । अनावश्यक धन खर्च हुँदा मानसिक चिन्ता बढ्नेछ । शत्रुपक्ष हावी हुन सक्नेछन् ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) ठूला व्यक्तिले तपाईँका मेहनतको प्रशंसा गर्नेछन् । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन्, तर विद्या र बुद्धिमा ह्रास आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज विचार गरेर बोल्नु पर्नेछ । गरेको काममा ढिलासुस्ती हुनेछ । दबाब र तनाव बढेको महसुस होला । चोटपटकको भय पनि रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । मन प्रसन्न रहला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आज भाग्यमा वृद्धि हुने र सन्तान सुखको योग छ । नयाँ र शुभ समाचार सुन्न पाइएला । स्वादिष्ट परिकारको अवसर पनि मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) आज अधुरा कार्यहरू पुरा हुनेछन् । गरेको कार्यबाट सफलता मिल्नेछ, तर मौसमको ख्याल गर्नुहोला स्वास्थ्यमा समस्या आउन सक्छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज पारिवारिक सद्भाव बढ्नेछ । आफन्तको साथ र सहयोग मिल्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । भौतिक सुख मिल्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ नयाँ कार्यको अवसर मिल्नेछ । धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्नेछ । अनावश्यक खर्चबाट बच्न सकिन्छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) आज अकस्मात् सफलता पाइन सकिन्छ तर अपमानको सम्भावना पनि रहनेछ । दैनिक कार्यहरूमा प्रगति हुनेछ । शैक्षिक क्षेत्र राम्रै रहला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) आज आकस्मिक धनलाभ हुनेछ । काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । दाइभई वा मित्रबाट विशेष सहयोग मिल्न सक्छ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) आज सरुवा र बढुवाको योग छ । नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै नयाँ कार्यको योजना बन्नेछ । रोकिएको धन हातलागी हुनसक्छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आज भाग्यमा वृद्धि हुनेछ । मनमा हर्ष र उमङ्ग र उत्साह छाउनेछ । वैदेशिक क्षेत्रबाट राम्रो हुनेछ व्यापार र व्यवसाय पनि फस्टाउनेछ । राशिफल जे जस्तो भएपनि तपाईको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment