Search

आज दोलखामा १० जना कोरोना संक्रमण मुक्त

आज दोलखामा १० जना कोरोना संक्रमण मुक्त

अजय प्रधान,
बाँपीझ्याला, दोलखा । पछिल्लो २४ घण्टामा दोलखामा १० जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमा भीमेश्वर नगरपालिकाबाट ५ पुरुष, २ महिला गरि ७ जना, तामाकोसी गाउँपालिकाबाट १ पुरुष, १ महिला, जिरी नगरपालिकाबाट एक महिला कोरोना संक्रमण मुक्त भएका हुन् ।

हाल सम्म जिल्लामा १ हजार ४० पुरुष, ८ सय ४२ महिला गरि १ हजार ८ सय ८२ जना निको भएका छन् ।

त्यसैगरि जिल्लाका पालीकामा ४ जनाको एन्टिजिन परिक्षण गरिएकामा जिरी नगरपालिका र वैत्यश्वर गाउँपालिकाबाट एक–एक जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये चरिकोट अस्पतालको एचडियु वार्डमा ५ जना, आइसोलेसन वार्डमा ६ जना, सिंगटी अस्पतालमा ४ जना, तामाकोसी अस्थायी कोभिड अस्पतालमा ३ जना र जिरी अस्पतालमा एक जना उपचाररत छन् ।

हालसम्म दोलखा जिल्लामा ४ हजार १ सय ३१ जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ६ सय ५३ जनाको पिसिआर रिपोर्ट पोजिटिभ आएको छ भने एक हजार ८ सय २९ जनाको एन्टिजिन परिक्षण गरिएकामा ४ सय ७५ जनाको रिपोर्ट पोजिटिभ आएको छ ।
हाल सम्म एक हजार एक सय ९४ जना पुरुष, ९ सय ३४ महिला गरि २ हजार १ सय २८ जनामा संक्रमण पुष्टि भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!