Search

वीर जारादेखि बाजीराव मस्तानीसम्म, जुन फिल्म छाडेकी थिइन् ऐश्वर्याले

वीर जारादेखि  बाजीराव मस्तानीसम्म, जुन फिल्म छाडेकी थिइन् ऐश्वर्याले

बाँपीझ्याला, एजेन्सी । मुम्बई, विश्व सुन्दरी ऐश्वर्या रायले खेलेका फिल्ममा गरेको अभिनयले हरकोहीलाई प्रभावित गरेकी छिन् । उनले खेलेका फिल्ममध्ये हिट फिल्मको संख्या राम्रै छ । तर, लामो यात्राका क्रममा उनले केही यस्ता फिल्म छाडेकी थिइन् जुन पछि गएर सदाबहार हिट साबित भए ।

उनले ‘मिस’ गरेका चलचित्रमा बलिउड मात्र होइन हलिउड पनि छन् । ‘प्राइड एन्ड प्रेजुडिस’ खेलेर हलिउडमा राम्रै सुरुवात गरेकी ऐश्वर्याले त्यता पनि सक्रियता भने देखाइनन् । बलिउडमा पनि उनले दुई तीन वर्षमा बल्ल एउटा फिल्म खेल्ने गरेकी छिन् । तर, उनले छाडेका फिल्मको लिस्ट पनि लामै छ । हेरौं उनले कस्ता कस्ता फिल्म छाडेकी छिन् ।

कुछ कुछ होता है
‘कुछ कुछ होता है’मा टिनाको भूमिकाका लागि निर्देशक करण जौहरले निकै माथापच्चि गर्नुपरेको थियो । करणले बताएअनुसार रानी मुखर्जीले यो अफर स्वीकार गर्नुअघि ८ जना हिरोइनले यो रोल अस्वीकार गरेका थिए । अस्वीकार गर्ने ८ जनामध्ये एक जना ऐश्वर्या राय पनि थिइन् । उसबेला शाहरुख र काजलको बीचमा ‘कबाबमा हड्डी’ नबने भन्दै हिरोइनले यो भूमिका गर्न मानेका थिएनन् । पछि यो फिल्म मात्र होइन ऐश्वर्याले छाडेको भूमिका पनि सुपरहिट भएको थियो ।

वीर जारा
‘कुछ कुछ होता है’ मा मात्र होइन सन् २००४ मा पनि ऐश्वर्याले शाहरुखसँग काम गर्ने मौका छाडिदिएकी थिइन् । यो मौका थियो ‘वीर जारा’मा काम गर्ने । यश चोपडाले शाहरुखको जोडीको रुपमा ऐश्वर्यालाई प्रस्ताव गरेका थिए तर खै किन हो, उनले त्यो फिल्म गर्न मानिन् । उनले नाइँ भनेपछि यो भूमिका प्रीति जिन्टाको भागमा परेको थियो ।

मुन्नाभाइ एमबीबीएस
पत्यार नलाग्न सक्छ तर ऐश्वर्या रायले राजकुमार हिरानी निर्देशित यो फिल्म पनि अस्वीकार गरेकी थिइन् । बताइएअनुसार यो फिल्मका लागि पनि निर्माता विधु विनोद चोपडा र हिरानीले ऐश्वर्यालाई लिन चाहेका थिए । तर, ऐश्वर्याले यो फिल्म पनि गर्न चाहिनन् । उनले नगरेपछि यो फिल्म ग्रेसी सिंहको पोल्टामा परेको थियो । ‘लगान’ ‘मुन्नाभाइ एमबीबीएस’ जस्ता अत्यधिक सफल फिल्मको हिस्सा हुँदाहुँदै पनि ग्रेसीको फिल्मी करिअर भने लामो समय चलेन । यो फिल्मपछि लगभग ग्रेसी हराइन् ।

राजा हिन्दुस्तानी
रिलिज हुँदाको सालको सबैभन्दा हिट फिल्म थियो ‘राजा हिन्दुस्तानी’ । आमिर खान र करिष्मा कपुरको मुख्य भूमिका रहेको फिल्मले बक्स अफिसमा पैसा छापेको थियो । तर, ऐश्वर्याले फेमिनासँगको अन्तर्वार्तामा बताएअनुसार उनले यो फिल्मका लागि पनि अफर पाएकी थिइन् । तर, बच्चाको आमा बन्नुपर्ने सुनेपछि उनले यो रोल अस्वीकार गरेकी थिइन् । पछि यो भूमिका करिष्माले गरेकी थिइन् ।

ट्रोय
बलिउड मात्र होइन ऐश्वर्याले हलिउड फिल्म पनि छाडेकी थिइन् । त्यो पनि लरतरो हिरोसँग होइन, ब्राड पिटसँग । फिल्ममा उनलाई ब्रिटिश राजकुमारीको भूमिकाका लागि अफर गरिएको बताइएको थियो । तर, खै किन हो यो अफर पनि उनले अस्वीकार गरेकी थिइन् ।

बाजीराव मस्तानी र पद्यावत
‘हम दिल दे चुके सनम’ र ‘देवदास’ मा सञ्जयलीला भन्साली र ऐश्वर्या रायको जोडी सुपरहिट भएको थियो । यसमा ‘गुजारिस’चलेको थिएन तर पनि दुवैको जुगलबन्दी रुचाइएको थियो । सञ्जयलीला भन्सालीले ‘बाजीराव मस्तानी’ र पछि ‘पद्यावत’मा पनि ऐश्वर्यालाई खेलाउन चाहेका थिए तर ऐश्वर्याले यी फिल्म पनि खेल्न मानेकी थिइनन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!