Search

सप्तकोशी नदीमा पानीको बहाब बढ्दै, स्थानिय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

सप्तकोशी नदीमा पानीको बहाब बढ्दै, स्थानिय प्रशासनले तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

१८ असार, बाँपीझ्याला, काठमाडौं । विगत केहिदिन यता सप्तकोशी नदीको बहाबमा उतार चढावको आइरहेको छ । पूर्वी पहाडी भेगमा निरन्तर भइरहेको वर्षाले सप्तकोशीको जलस्तर बढिरहेको छ । सामान्यतया नदीको बहाबमा ५० देखि ७० हजार क्यूसेक प्रतिसेकेण्ड पानी रहने कोशीको बहाब पूर्वी पहाडी भेगमा निरन्तरको वर्षासँगै बढ्दो क्रममा छ । आज साँझको मापन अनुसार कोशी ब्यारेज भएर १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक पानी बगिरहेको छ ।

कोशी ब्यारेज कन्ट्रोल रुमले दिएको जानकारी अनुसार १ लाख ५५ हजार ९ सय ७५ क्यूसेक प्रतिसेकेण्ड बहाब मापन हुँदा ब्यारेजका २४ वटा ढोका खोलिएका छन् ।

कोशीको पछिल्लो मापन अनुसार नदीको बहाबमा निरन्तर वृद्धि भैरहेको छ ।सुनसरी जिल्ला प्रशासनले सप्तकोशी नदीको जलस्तरमा घटबढको क्रम जारी रहेपनि अहिले सम्म तटिय क्षेत्रमा भने कुनै पनि खतरा नरहेको बताएको छ ।

प्रशासनले सबै तटबन्ध र स्पर सुरक्षित रहेको र नियमित अनुगमन समेत जारी रहेको बताएको छ । निरन्तर वर्षा भइरहेको हुँदा नदीको बहाब जुनकुनै बेला बढ्न सक्ने भएकोले नदी तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन भने सूचित गर्दै आएको सुनसरी प्रशासनले जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!