Search

असारे भाका र झरीको गीत

असारे भाका र झरीको गीत

बाँपीझ्याला, काठमाण्डौं । यो प्रेम-विरहको भाका भयो । आफ्नो थातथलोबाट परदेशिएका युवाको प्रेमिल-वेदना । तर, झरीले दुःख र विरहको भाव मात्र पैदा गर्दैन । सर्जकहरुले झरीलाई कहिले दुःखको, कहिले रोमान्सको बिम्व बनाएका छन् । दर्के झरीले रोमान्टिक मूड पनि बनाइदिन्छ ।

बेपत्तासँग झरी परिरहेको बखत । बार्दलीमा बसेर तात्तातो कफी घुट्काइरहेको बेला आसपासका दृश्यहरु अरु मादक लाग्छ । रंगीबिरंगी छातामा ओत लागेका मान्छेहरु, पानीमा निथ्रुक्क भिजेका नवयौवनाहरु, डाँडामाथि उड्दै गरेका सेता बादलका टुक्राहरु । हावाको झोंकासँगै बत्तिएर आएको पानीका छिटाले स्पर्श गरिरहँदा पृष्ठभूमिमा कस्तो गीत बजेको रुचाउनुहुन्छ ?

‘ए झरी

नझरिदेउ यसरी

एकान्त यो रातमा, मलाई पागल गरी

झरिदेउ तिमी सुस्तरी सुस्तरी

जब हुन्छिन् मेरी मायालु मेरै वरिपरि ….।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!