Search

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्म जयन्ती

आज पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको ९८ औं जन्म जयन्ती

बाँपीझ्याला, काठमाण्डौं । नेपाली कांग्रेसका तत्कालिन सभापति तथा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको आज ९८ औं जन्म जयन्ती हो। उनको जन्म वि.सं. १९८१ साल असार १८ गते भारतको विहारमा भएको थियो।

मुलुकको चार पटक प्रधानमन्त्री भएका कोइराला गणतन्त्र नेपालका पहिलो प्रधानमन्त्रीसमेत थिए। कोइरालाको नेतृत्वमा तत्कालीन विद्रोही समूह नेकपा माओवादीलाई मुलधारको राजनीतिमा ल्याउँदै राष्ट्रिय राजनीतिको कोशेढुंगाका रुपमा रहेको विस्तृत शान्ति सम्झौता भएको थियो।

सशस्त्र युद्धमा रहेको तत्कालिन नेकपा माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन गिरिजाप्रसाद कोइरालाले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए। राजनितिक जीवनमा कोइरालाले पार्टीभित्र र राष्ट्रिय राजनीतिका बिषयमा लिने अडान र निर्णयबारे विरोधसमेत हुने गरेको थियो।

उनी वि.सं. ०४८ जेठ १२ देखि ०५१ मंसिर १४, ०५५ वैशाख २ देखि ०५६ जेठ १७, ०५६ चैत्र ९ देखि २०५८ साउन ११ र २०६५ जेठ १५ देखि २०६५ भदौ २ सम्म गरि चार पटक प्रधानमन्त्री भएका थिए।

कोइराला नेपाली कांग्रेसका सभापति र सात राजनीतिक दलहरूको मोर्चाका नेता थिए। ६० वर्षभन्दा धेरै समय राजनीतिमा संलग्न भएका कोइरालाको ०६६ साल चैत ७ गते निधन भएको हो।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment