Search

सुशान्तको फिल्मका एडी साराका नयाँ प्रेमी

सुशान्तको फिल्मका एडी साराका नयाँ प्रेमी

बाँपीझ्याला, मुम्बई । सुशान्त सिंह राजपुतलाई ड्रग्स खुवाउन सिकाएको आरोप सारा अलि खानमाथि छ । रिया चक्रवर्तीले केही दिनअघि दिएको बयानमा पनि सारामाथि यस्तो आरोप लगाएकी छिन् । यो त्यतिबेला भएको थियो जब सारा र सुशान्तसँगै ‘केदारनाथ’मा काम गरिरहेका थिए ।

त्यति मात्र होइन दुवै अफेयरमा पनि थिए । सुशान्तको मृत्युपछि सारा र सुशान्तसँगै थाइल्यान्ड बिदा मनाउन गएको पनि रहस्य बाहिरिएको थियो । यसरी सुशान्तसँग रोमान्स गरेकी सारा पछिल्लो दिनमा भने ‘केदारनाथ’ फिल्मकै मुख्य सहायक निर्देशक जेहान हाँडासँग अफेयरमा रहेको कोइमोईले समाचार छापेको छ ।

केही समययता सारारले जेहानसँगको तस्बिर इन्स्टामा राख्ने गरेकी छिन् । केही फोटोमा त उनले स्पष्ट रुपमा जेहानसँग प्रेममा रहेको संकेत दिएकी छिन् । त्योबाहेक फोटोमा राखिएका क्याप्सनमा पनि साराले प्रेमको संकेत दिएकी छिन् । त्योबाहेक जेहानले एउटा भिडियो पनि पोस्ट गरेका छन् जहाँ सारा र जेहान खेल खेलिरहेका छन् ।

सुशान्तसँगको ब्रेकअप पछि सारा कार्तिक आर्यनसँग नजिक भएको हल्ला थियो । ‘लव आजकल २’मा काम गरेका सारा र कार्तिक फिल्म असफल भएपछि आआफ्नो बाटो लागेका थिए । कार्तिकबाट अलग्गिएकी सारा पहिलो फिल्मका एडीसँग नजिक भएकी हुन् ।सारा अहिले अक्षयकुमारसँग ‘अतरंगी रे’ सुटिङ गरिरहेकी छिन् भने चाँडै नै विक्की कौशलसँग ‘इमोर्टल अफ अश्वस्थामा’मा काम गर्दैछिन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!