Search

थप १ हजार ८५७ सङ्क्रमित, ४ हजार १७ सङ्क्रमण मुक्त

थप १ हजार ८५७ सङ्क्रमित, ४ हजार १७ सङ्क्रमण मुक्त

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा पीसीआर परीक्षणमा थप १ हजार ८५७ जनामा कोरोना भाइरस सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ७ हजार १३० जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमित भेटिएका हुन् ।

यस्तै गरी ३ हजार ८५५ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९०३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ४ हजार १७ छ । नेपालमा अहिले ३१ हजार ३६८ जना सङ्क्रमित छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ३३ जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म नौ हजार १४५ जनाको मृत्यु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!