Search

दोलखामा आज टेलिफोन, मोवाईल र ईन्टरनेट सेवा अवरुद्ध

दोलखामा आज टेलिफोन, मोवाईल र ईन्टरनेट सेवा अवरुद्ध

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लामा आज विहानदेखि नेपाल टेलिकम अन्तर्गतको सेवाहरु टेलिफोन, मोवाई र ईन्टरसेवामा अवरुद्ध भएको छ । संचालित सेवामा नेटवर्क देखाएपनी लाईन ब्यस्त देखाउने, आवाज प्रष्ट नबुझिने र बेला बेलामा सम्पर्क बिच्छेद हुने लगायतका समस्या देखिएको छ । जिल्ला पटक पटक यसरी सेवामा अवरुद्ध भई समस्या आएपछी सेवाग्राहीहरु मारमा परेको स्थानिय नागरिकहरुको भनाई रहेको छ ।

नेपाल टेलिकम जिल्ला शाखा दोलखाले बिभिन्न समयमा फाईबरमा क्षति पुगेको कारण दिर्दै सेवामा समस्यामा देखिएको भन्ने गरिएको छ तर आज कसरी कहाँबाट समस्या भएको भन्ने स्पष्ट भएको छैन । सरकारका तत्कालिन सञ्चार सूचना प्रविधी मन्त्री पार्वत गुरुङले दोलखा जिल्लामा फागुण १ गतेदेखी जिल्लाका सवै स्थानिय निकाय, विद्यालय र संंघ–संस्थामा बढ्दो ईन्टरनेट सेवालाइ मध्यनजर गरी संचार क्षेत्रमा स्मार्ट जिल्ला घोषणा गरेको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!