Search

३४ बालिकाको आमा बनिन् प्रिती

३४ बालिकाको आमा बनिन् प्रिती

१६ असार, बाँपीझ्याला, एजेन्सी । कुनै समयमा बलिउडकी ‘चुलबुले’ अभिनेत्रीको पहिचान बनाएकी अभिनेत्री प्रिती जिन्टा अहिले पर्दामा टाढिएकी छन् । ‘वीर जारा’, ‘दिल चाहता है’, ‘कल हो ना हो’, ‘कोई मिल गया’ जस्ता ब्लकबस्टर फिल्म दिएकी यी अभिनेत्रीको करियर अहिले गिर्दो अवस्थामा छ ।

सायद कमैलाई थाहा होला, प्रिती ३४ छोरीकी आमा पनि हुन् । सन् २००९ मा उनले ऋषिकेशबाट ३४ अनाथ बालिकाहरु आफ्नो संरक्षणमा लिएकी थिइन् । यो निर्णय उनले आफ्नो जन्मदिनमा गरेकी थिइन् । उनी वर्षमा दुईपटक यी बालिकाहरुसँग भेट्न पुगिरहन्छिन् ।

कामको कुरा गर्दा उनको पछिल्लो फिल्म ‘भइया जी सुपरहिट’ थियो । उनी आइपिलको समयमा प्रायः आफ्नो क्रिकेट टिम किंग्स इलेवन पञ्जाबको उत्साह बढाउन स्टेडियममा उपस्थित भइरहन्छिन् ।

प्रिती हाल आफ्नो वैवाहिक जीवनमा रमाइरहेकी छन् । उनले सन् २०१६ मा अमेरिकन नागरिक जीन गुडइनफसँग लसएञ्जल्समा एक निजी समारोहमा विवाह गरेकी थिइन् । उनीहरुको विवाहको तस्वीर करिब ६ महिनापछि सार्वजनिक भएको थियो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!