Search

भोली बुधबारको बैठकमा दूरगामी महत्वको निर्णय हुन सक्छ : सुवास नेम्बाङ्ग

भोली बुधबारको बैठकमा दूरगामी महत्वको निर्णय हुन सक्छ : सुवास नेम्बाङ्ग

बाँपीझ्याला, काठमाण्डौं । एमाले स्थायी कमिटिको बैठक बालुवाटारमा आज सम्पन्न भएको छ । भोली बुधबार बस्न लागेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक समितिको बैठकको पूर्वसन्ध्यामा आज बसेको बैठकमा समसामयिक राजनीतिक विषय र पार्टीको एकताको विषयमा छलफल हुनुका साथै भोलिको बैठकबाट राजनीति रुपमा दुरगामी महत्वपूर्ण निर्णय हुने नेता सुबासचन्द्र नेम्बाङ्गले बताएको छ ।

यसै गरी उहाँले पार्टी एकताका लागि वार्ता र पहलहरु भई रहेको र यो निरन्तर चल्ने पनि बताउनुभयो । पार्टी जेठ २ गते पहिलेको अबस्थामा फर्कने निर्णय भएको भन्ने सम्बन्धमा उहाँले भोलि महाधिवेशन आयोजक समितिको बैठक भएकाले त्यसबाटै सबै निर्णय हुने बताउनुभयो ।
भोलिको बैठकमा असन्तुष्ट पक्षका नेताहरुलाइ पनि आमन्त्रण गरिएको समाचारहरु आइ रहेको र यसबाट पार्टी एकताका लागि केही महत्वपूर्ण निर्णयहरु आउन सक्ने अनुमान गरिएको छ ।

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक असार १६ गते बिहान ११ बजे बस्दैछ । एमाले एकताका लागि प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका दोस्रो तथा युवा पुस्ताका नेताहरुले पार्टी एकताका लागि प्रयास गर्दै आएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!