Search

प्रधानमन्त्री ओली शिक्षामन्त्री श्रेष्ठको भाडा प्रकरणमा असन्तुष्टी व्यक्त गर्दै सचेत गराए

प्रधानमन्त्री ओली शिक्षामन्त्री श्रेष्ठको भाडा प्रकरणमा असन्तुष्टी व्यक्त गर्दै सचेत गराए

बाँपीझ्याला, काठमाडौँ । प्रधानमन्त्री ओलीले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमा शिक्षामन्त्री श्रेष्ठलाई आवेगमा आएर त्यस्तो काम नगर्न सचेत गराएको कानुनमन्त्री लिलानाथ श्रेष्ठले बताउनु भयो । कानुनमन्त्री श्रेष्ठले मन्त्रालय सम्हालेको ६ महिना पुगेको अवसरमा आज गरेको पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले शिक्षा मन्त्री श्रेष्ठलाई सचेत बनाएको जानकारी दिएका हुन् ।

रूपा सुनारले थरकै आधारमा बबरमहलमा कोठा नपाएपछि आफूमाथि जातीय विभेद भएको भन्दै सुनारले मुद्दा दिएपछि प्रहरीले घरबेटी प्रधानलाई नियन्त्रणमा लिएको थियो ।
ओलीले थरकै आधारमा कोठा नदिएको आरोप लागेकी सरस्वती प्रधानलाई छुटाउन प्रहरी चौकीमै मन्त्री श्रेष्ठ पुग्नु गलत भन्दै त्यस्तो नगर्न सचेत गराएका हुन् ।

‘उहाँलाई गाडीमा चढाएर लग्नुभयो, यो दुर्भाग्यपूर्ण कुरा हो । यो राम्रो काम होइन,’ कानुनमन्त्री श्रेष्ठले भने, ‘हिजो प्रधानमन्त्रीले मन्त्रीज्यूलाई ध्यानाकर्षण गराउनु भएको छ । मन्त्रीज्यू आवेशमा आएर यस्तो काम नगर्नुस् है, यो काम तपाईंले जुन गर्नुभयो त्यो ठिक गरेन भन्‍नुभएको छ है ।’

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!