Search

दोलखाको तामाकोशी गाउँपालीकामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारवाही गर्न माग

दोलखाको तामाकोशी गाउँपालीकामा स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई हदैसम्म कारवाही गर्न माग

बाँपीझ्याला, काठमाडौँ । नेपाल चिकित्सक संघले दोलखा जिल्लाको तामाकोशी गाउँपालिकास्थित कोभिड–१९ अस्पतालमा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको निन्दा गरेको छ । तामाकोशी गाउँपालिकाको मालुस्थित कोभिड–१९ अस्पतालमा कार्यरत डा. रोबिस कार्की लगायतका स्वास्थ्यकर्मीहरुमाथि मध्यरातमा हातपात, अभद्र व्यवहार र ज्यान मार्ने धम्कि दिईएको घटनाप्रति संघले ध्यानाकर्षण भएको जनाउँर्दै दोषि माथी कारबाहीको माग गरेको छ ।

कोभिड–१९ को महामारीमा आफ्नो ज्यानको बाजी लगाउँदै स्वास्थ्य सेवा प्रवाहमा निरन्तर खटिरहेका चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी यसरी हातपात हुनु अझ ज्यान नै लिने भनी अमानवीय व्यवहार प्रदर्शन गर्नु निन्दनीय र क्रूर घटना हो । यसको जति निन्दा गरे पनि कमै हुन्छ ।’ संघका महासचिव डा. बद्री रिजालद्वारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

उक्त घटनामा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेर थुनामा राखी प्रहरीले अनुसन्धान कार्य अगाडि बढाईरहेको संघले जनाएको छ ।

स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न बनेको ऐन २०७८ बमोजिम अनुसन्धान कार्यलाई थप प्रभावकारी र दोषीलाई हदैसम्म कारवाही गरेर चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको मनोबल उच्च पार्न संघले सम्बन्धित सम्वन्धीत निकाय संग माग गरेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!