Search

आज दोलखामा ३१ जना कोरोना संक्रमण मुक्त, १५ जना नयाँ संक्रमित थपिए

आज दोलखामा ३१ जना कोरोना संक्रमण मुक्त, १५ जना नयाँ संक्रमित  थपिए

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
पछिल्लो चौविस घण्टामा दोलखामा एकतिस जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमा भीमेश्वर नगरपालिकाका ६ पुरुष, ४ महिला गरि १० जना, गौरीशंकर गाउँपालिकाबाट ११ पुरुष, १० महिला गरि २१ जना गरी जम्मा ३१ जना कोरोना मुक्त भएका हुन् ।
यसै गरी आज चरिकोट अस्पतालमा २२ जनाको पिसिआर परिक्षण गरिएकोमा ११ जना र स्थानिय तहमा १६ जनाको एन्टिजिन परिक्षण गरिएकोमा ४ जना गरि जम्मा १५ जना नयाँ संक्रमित थपिएका हुन् ।

जसमा शैलुङ गाउँपालिकाबाट १ महिला, १ पुरुष, कालिन्चोक गाउँपालिकाबाट १ महिला, भिमेश्वर नगरपालिकाबाट ३ पुरुष, ४ महिला गरि ७ जना, गौरीशंकर गाउँपालिकाबाट १ पुरुष, १ महिला, मेलुङ गाउँपालिकाबाट १ पुरुष, १ महिलामा कोरोना पुष्टि भएको हो । आज थपिएका सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ६२ पुगेको छ ।

दोलखामा हाल सम्म ४ हजार १ सय १० जनाको पिसिआर परिक्षण गरिएकोमा १ हजार ६ सय ४२ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरि १ हजार ७ सय ८४ एन्टिजिन परिक्षण गरिएकामा ४ सय ६१ जनामा कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय चरिकोट दोलखाले प्रकाशित दैनिक अध्यावधिक रिर्पोटमा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!