Search

समाजसेवी सकुना श्रेष्ठबाट अषाढको १५ को अवसरमा स्वास्थ्य स्वयम सेवीकाहरुलाई छाता हस्तान्तर

समाजसेवी सकुना श्रेष्ठबाट अषाढको १५ को अवसरमा स्वास्थ्य स्वयम सेवीकाहरुलाई छाता हस्तान्तर
समाजसेवी सकुना श्रेष्ठ

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
समकालिन एकता समाज नेपालका अध्यक्ष, महिला विकास तथा सचेतन केन्द्र दोलखाका संरक्षक एवं समाजसेवी सकुना श्रेष्ठले महिला विकास तथा सचेतना केन्द्र दोलखाको सक्रियतामा भीमेश्वर नगरापालीका वडा वडा नं. २ पाखलती स्थित दोलखा स्वास्थ्य चौकिमा कार्यरत नौ जना स्वास्थ्य महिला स्वयम सेवीकाहरुलाई छाता वितरण गरिएको छ ।

कोभिड १९ को संक्रमणका बेलामा अग्र स्थानमा रही सेवा दिई तन मनले सेवा गर्नुका साथै बर्षायाम हरेक दिन सेवा दिने जस्ता कुरालाई मध्यनजर गर्दै बर्षायाममा बर्षाको लागि अति आवश्यक पर्ने छाता प्रति व्यक्ती एक एक वटा वितरण गरिएको छ । साथै आज अषाढ १५ को अवसरमा दही चिउरा समेत खुवाएको छ भनी उक्त संस्थाका अध्यक्ष मञ्जरी श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!