Search

आज दोलखामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

आज दोलखामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि

बाँपीझ्याला, दोलखा । पछिल्लो २४ घण्टामा दोलखामा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा तामाकोसी गाउँपालिकाबाट ३ पुरुष, मेलुङ गाउँपालिकाबाट ७ पुरुष, ४ महिला, जिरी नगरपालिकाबाट १ पुरुष, १ महिला, वैत्यश्वर गाउँपालिकाबाट १ पुरुषमा गरी जम्मा १७ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यसैगरि १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यसै गरी भीमेश्वर नगरपालिकाबाट १ पुरुष, ४ महिला, तामाकोसी गाउँपालिकाबाट ३ पुरुष, ४ महिला, जिरी नगरपालिकाबाट एक जना पुरुष कोरोना मुक्त भएका छन् ।

संक्रमित मध्ये चरिकोट अस्पतालको एचडियु वार्डमा ५ जना र आइसोलेसन वार्डमा २ जना, सिंगटी अस्पतालमा ४ जना र तामाकोसी कोभिड अस्पतालको आइसोलनमा २ जना उपचाररत छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!