Search

बालुवाटारमा जननेता स्व.मदन भण्डारीको ७० औं जन्म जयन्ती सम्पन्न

बालुवाटारमा जननेता स्व.मदन भण्डारीको ७० औं जन्म जयन्ती सम्पन्न

१४ असार, बाँपीझ्याला, काठमाडौं । जननेता स्वर्गीय मदन भण्डारीको ७० औं जन्म जयन्तीको अवसरमा बालुवाटारमा एक कार्यक्रमको आयोजना गरिएको थियो । उक्त आयोजित कार्यक्रममा प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपक्षी गठबन्धनका नेताहरु, सभामुख र सर्वोच्च अदालतको चर्को आलोचना गरेका थिए। यसै क्रममा उनले केही अशोभनीय टिप्पणीसमेत गरेका थिए ।

दार्शनिकहरु भन्छन् घृणाले समस्या समाधान गरेको छैन, बरू बढाएको छ । तर ५ पुसमा प्रतिनिधिसभा विघटनसँगै राजनीतिक संकटमा फसेको नेपालमा राजनीतिक दलहरूको भाषण सुन्दा लाग्छ, उनीहरु घृणाको ‘व्याटल’मा बहादुरीपूर्वक उत्रिएका छन् ।

सत्ता पक्ष होस् वा विपक्षी दलका नेताहरु, उनीहरुको भाषणमा आजकल राजनीतिक विचारधाराको बहस, मुलुक बनाउने दूरदृष्टि र नागरिकको चिन्ता सम्बोधन गर्ने चाहना सुन्न पाइँदैन । मुलुकका शीर्ष नेताहरू हरेक दिन विभिन्न सन्दर्भमा वक्तव्यबाजी र भाषणबाजी गरिरहेका हुन्छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!