Search

दोलखा जिल्ला प्रशासनले फेरी एक साता निषेधाज्ञा थप, सवारी साधन चल्ने

दोलखा जिल्ला प्रशासनले फेरी एक साता निषेधाज्ञा थप, सवारी साधन चल्ने

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको सिफारिसमा जिल्ला प्रशासन कार्यालय दोलखाले असार २१ गते सम्मका लागि निषेधाज्ञा थप गरेको छ । जिल्लामा आज बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकले जिल्लामा केही मात्रामा खुकुलो बनाउँदै निषेधाज्ञा एक साता थप गर्नका लागि स्थानीय प्रशासनलाई सिफारिस गरे अनुसार निषेधाज्ञा अषाढ २१ गतेसम्म लम्ब्याउने निर्णय गरिएको दोलखाका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बताउनु भयो ।

आज असार १४ गते राती १२ बजेदेखी आगामी असार २१ गते राती १२ बजे सम्मका लागि दोलखा जिल्ला भर निषेधाज्ञा थप भएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो । थप गरिएको निषेधाज्ञा अवधिमा सरकारले तोकेको आवश्यक स्वास्थ्य मापदण्ड पालना गरी होटल पसलहरु साँझ ६ बजे सम्म सञ्चालन गर्न पाइनेछ भने सबै किसिमका सवारी साधनहरु जोर बिजार प्रणालीमा सञ्चालन हुनेछ । तर सवारी साधनहरु जिल्ला बाहिर जान र अन्यत्रबाट जिल्ला भित्रन भने नपाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनु भयो ।

यसै गरी जिल्ला प्रशासन कार्यालय दोलखा नागरिकहरुको लागि जारी गरिएको सूचना सहितको जानकारीमा अवदेखि सबै सरकारी तथा सार्वजनिक निकाय, कार्यालय, बैंक तथा वित्तीय संस्थाले स्वास्थ्य सम्बन्धी मापदण्ड पुर्ण पालना गरी न्युनतम र आवश्यक कर्मचारीहरुबाट सेवा प्रदान गर्ने व्यवस्था मिलाई भोलीबाट आफ्ना सेवा सुचारु गर्न भनिएको छ ।

साथै ब्युटीपार्लर, सिनेमा घर, शैलुन जस्ता भीडभाड हुने व्यवसाय भने सञ्चालन गर्न पाइने छैन । साथै जिल्ला भर कुनै पनि प्रकारका सभा सम्मेलन, गोष्ठि, भेला र जुलुस आदि गर्न पनि पुर्ण रुपमा निषेध गरिएको छ । साथै सबै किसिमका धार्मीक गतिविधि आयोजना गर्न रोक लगाईएको छ भने धार्मीक स्थलहरु पनि बन्द गर्ने निर्णय गरिएको छ । निषेधाज्ञाको वर्खिलाप गरेमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम नियन्त्रणमा लिने, तत्काल नगद जरिवाना गर्ने, नियन्त्रणमा लिई थप कानुनी कारवाही गर्ने जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!