Search

थप १ हजार ५०९ सङ्क्रमित, ३ हजार ८ शय ५३ सङ्क्रमण मुक्त

थप १ हजार ५०९ सङ्क्रमित, ३ हजार ८ शय  ५३ सङ्क्रमण मुक्त

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५०९ जनामा कोरोना भाइरस सङ्क्रमित क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ६४८ जनामा गरिएको पीसीआर परीक्षणमा सो संख्यामा सङ्क्रमित भेटिएका हुन् । यस्तै, ४ हजार ९ शय ९२ जनामा गरिएको एन्टिजेन परीक्षणमा ९ शय ३५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ३ हजार ८५३ छ । नेपालमा हालसम्म ६ लाख ३५ हजार १८८ जनामा कोरोना भाइरस सङ्क्रमित भएका छन् । ५ लाख ८८ हजार १८७ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा अहिले ३७ हजार ९५० जना सक्रिय सङ्क्रमित छन् । अहिले देशभर ३ शय ५७ जना क्वारेन्टाइनमा छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ४२ जना बिरामीको मृत्यु भएको छ । योसँगै अहिलसम्म ९ हजार ५१ जनाको मृत्यु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!