Search

भीमेश्वर नगरपालीका दोलखा घर भएर हाल उपचारको क्रममा रहेका अन्सु श्रेष्ठको उपचारको लागि कालिञ्चोक युवा क्लव दोलखा सहयोग संकलन अभियानमा

भीमेश्वर नगरपालीका दोलखा घर भएर हाल उपचारको क्रममा रहेका अन्सु श्रेष्ठको उपचारको लागि कालिञ्चोक युवा क्लव दोलखा सहयोग संकलन अभियानमा

बालकृष्ण श्रेष्ठ “पासा”
बाँपीझ्याला, काठमाण्डौं । दोलखा जिल्ला भीमेश्वर नगरपालिका वडा नं. –२ दोलखा शहर थातकोर्छें टोल निवासी स्वर्गीय कृष्ण प्रसाद श्रेष्ठको नातिनी, अष्ट कुमार श्रेष्ठ (बसु श्रेष्ठको भाइ) कि छोरी वर्ष ७ कि अन्सु श्रेष्ठ विगत केही वर्ष देखि नै अर्बुद रोग (बोन क्यान्सर) बाट पीडित भएर उपचारको क्रममा रहेकी छिन् । यही उपचारका लागि निजका अभिभावकले धेरै प्रयासका वाबजुद पनि आर्थिक खर्च जुटाउन कठिनाई परेकोले दोलखाका विभिन्न संघ संस्था र व्यक्ति विशेषले पनि सहयोगको लागि अनुरोध र आग्रह सहित सहयोग सहयोग जुटाउने अभियानमा कालिञ्चोक युवा क्लव लगायत साथीको साथी र द्वाल्खा म्यासमुचा खलक लागेको छ ।

यस पुन्य कार्यमा यहाँहरु संवैको सक्रिय सहभागी र सहयोगको अपेक्षा गरिएको विरामीका बुबा अष्ट कुमार श्रेष्ठको रहेको बताउनु भयो ।

यस सन्दर्भमा देशविदेशमा रहेका आफन्तजन, मित्रहरू र कल्याणकारी मनहुनेहरु दोलखाली दाजुभाई दिदिबहीनी र शुभचिन्तक नेपालीहरु समक्ष हाम्रो यस पत्रिका मार्फत जानकारीको लागि सूचना सम्प्रेशन गरेका छौै । साथै सबैको सहयोग, सद्भाव र दोलखा भीमेश्वरको कृपाले यथाशीघ्र स्वास्थलाभ होस् भन्ने कामना गर्दछौं ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!