Search

दोलखा जिल्ला तामाकोसी गाउँपालीकामा स्वास्थ्यकर्मी माथि हातपात

दोलखा जिल्ला तामाकोसी गाउँपालीकामा स्वास्थ्यकर्मी माथि हातपात

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला तामाकोसी गाउँपालिका वडा नम्बर ४ मा रहेको कोभिड १९ अस्थायी अस्पतालमा कार्यरत डाक्टर र कर्मचारी माथी हातपात भएको छ । गएराति करिव १२ बजे मदिरा सेवन गरि आएका एक स्थानीय युवाहरुको समुहले अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर रोबिश कार्की र कार्यालय सहयोगी टोप बहादुर मिजारलाई हातपात गरेको छ ।

डाक्टर कार्कीका अनुसार तामाकोसी गाउँपालिका वडा नम्बर ४ मालुका रोशन पोखरेल, कुमार श्रेष्ठ र विजुली नेपाली, गोपाल तिमल्सीनाको खुट्टा सुन्निएको भन्दै अस्पताल आएका थिए । विशेषगरि कोभिडका बिरामीको उपचार गरिरहेको अस्पतालमा कोरोना संक्रमणको जोखीम हुनेभएकाले अस्पताल परिषर बाहिर चेकजाँच गरिदिने बताउँदा युवाहरुले अपशब्द बोलेका थिए ।

मध्यरातमा मदिरा सेवन गरि आएका युवाहरुले अपशब्द बोल्न थालेपछि अस्पतालको गेट बन्द गर्दा पर्खाल नाघेर परिषर भित्र पसी आफुहरु माथि हातपात गरेको डाक्टर रोबिश कार्कीले बताउनु भयो । उनिहरुले कार्यालय सहयोगी मिजारको घाँटी न्याकेको र आफुलाई छातीमा मुक्का हानेको डाक्टर कार्कीको भनाई छ । यस सम्वन्धी छानविन गरी दोषि माथि ययासिघ्र कारबाहीको माग गर्दै डा. रोविस कार्कीले प्रेश बिज्ञप्ती जारी गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!