Search

दोलखा तामाकोसी गाउँपालिकामा १९ जना नयाँ संक्रमित पुष्टी

दोलखा तामाकोसी गाउँपालिकामा १९ जना नयाँ संक्रमित पुष्टी

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
पछिल्लो चौविस घण्टामा दोलखा जिल्लाको तामाकोसी गाउँपालिकामा १९ जना नयाँ संक्रमित थपिएका छन् । गाउँपालिकामा २९ जनाको एन्टिजिन परिक्षण गरिएकोमा ११ पुरुष, ८ महिला गरि १९ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय दोलखाले दैनिक अध्यावधिक स्वास्थ्य रिर्पोटमा उल्लेख गरिएको छ।

यसरी आज थपिएका सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या २ सय ७४ पुगेको छ । त्यसैगरी जिल्लामा ४ जना कोरोना संक्रमण मुक्त भएका छन् । भीमेश्वर नगरपालिकाबाट २ जना पुरुष र शैलुङ गाउँपालिकाबाट २ जना पुरुष कोरोना मुक्त भएका छन् ।

जिल्लामा हाल सम्म १ हजार १ सय ५७ जना पुरुष, ९ सय १४ महिला गरि २ हजार ७१ जनामा कोरोना पुष्टि भएको छ । जसमा १ सय ५७ पुरुष र १ सय १७ महिला गरि २ सय ७४ जना सक्रिय संक्रमित रहेका छन् । हाल सम्म ९ सय ९४ पुरुष, ७ सय ९४ महिला गरि १ हजार ७ सय ८८ जना कोरोना मूक्त भएका छन् ।

संक्रमित मध्ये चरिकोट अस्पतालको एचडियुमा ५ जना, आइसोलेसन वार्डमा २ जना, सिंगटी अस्पतालमा ४ जना र तामाकोसी कोभिड अस्पतालमा २ जना उपचाररत छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!