Search

‘राजा हिन्दुस्तानी’ : जूहीले छाड्दा करिश्मा चम्किइन्

‘राजा हिन्दुस्तानी’ : जूहीले छाड्दा करिश्मा चम्किइन्

१३ असार, बाँपीझ्याला, एजेन्सी । ९० को दशकमा बलिउडमा राज गरेकी अभिनेत्री करिश्मा कपूर शुक्रवार आफ्नो ४७औं जन्मदिन मनाइरहेकी छन् । २५ जून १९७४ मा मुम्बईमा जन्मिएकी उनले सन् १९९१ मा फिल्म ‘प्रेम कैदी’ बाट बलिउडमा डेब्यू गरेकी थिइन् । यसपछि उनले कयौं फिल्ममा काम गरिन्, तर सफलता पाउन सकिनन् । सन् १९९६ मा १० वटा फिल्म रिलिज हुँदा समेत एउटा पनि हिट हुन सकेन ।

फिल्म ‘जीत’ पछि भने उनको बलिउडमा चर्चा हुन थालेको थियो । फिल्म ‘राजा हिन्दुस्तानी’ ले त उनलाई सुपरस्टार नै बनायो । तर, धेरै कमलाई थाहा हुनसक्छ कि यो फिल्मका लागि पहिलो रोजाइ उनी थिइनन् । पहिला जूही चावलालाई फिल्म अफर भएको थियो । उनले आमिर खानका कारण फिल्ममा काम गर्न अस्वीकार गरेपछि निर्माण टिमले करिश्मालाई साइन गराएको थियो ।

‘राजा बाबू, कुली नम्बर १, साजन चले ससुराल, राजा बाबू, हिरो नम्बर १, बीवी नम्बर १, दुल्हन हम ले जाएंगे, दिल तो पागल है’ जस्ता कयौं सुपरहिट फिल्ममा काम गरेकी करिश्माको सन् २००३ मा दिल्लीका बिजनेसम्यान सञ्जय कपूरसँग विवाह भएको थियो । तर, फिल्ममा सफल अभिनेत्रीको बैबाहिक जीवन भने असफल रह्यो । विवाह गरेको ११ वर्षपछि उनी श्रीमानबाट अलग भइन् ।

डिभोर्सपछि करिश्मा र सञ्जयले एकअर्कालाई कयौं गम्भीर आरोप लगाएका थिए । करिश्माले एक अन्तर्वार्तामा भनेकी थिइन्, ‘जब हामी हनिमुन मनाउन गएका थियौं, तब सञ्जयले मेरो बोली आफ्नो साथीहरुसँग लगाएका थिए । उसले मलाई उसका साथीहरुसँग रात विताउन बाध्य बनाएका थिए । त्यस्तै, करिश्माले आफूसँग पैसाका लागि विवाह गरेको सञ्जयको आरोप थियो ।’

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment