Search

एमाले स्थायी कमिटी बैठक बस्दै

एमाले स्थायी कमिटी बैठक बस्दै

बाँपीझ्याला, काठमाण्डौं । एमाले स्थायी कमिटी बैठक आज बिहान ९ बजे बस्दैछ । प्रधानमन्त्री एवम् नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा सो बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले बताउनु भयो ।

पछिल्लो समय एमाले एकताका लागि पार्टी अध्यक्ष ओली र एमाले नेता माधवकुमार नेपाल पक्षका बीचमा आन्तिरकरुपमा औपचारिक तथा अनौपचारिक बैठक हुदै आएको थियो । यो क्रम सकारात्मक रुपमा अघि बढ्दै आएको पार्टी अध्यक्ष ओलीको पक्षबाट एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङ् लगायतका नेताहरुले बताउदै आउनुभएको थियो ।

यस्तै नेता नेपालको पक्षबाट पनि सुरेन्द्र पाण्डे, योगेश भट्टराई, गोकर्ण विष्ट र भीम आचार्य लगायतका नेताहरे बताउदै आएपनि पछिल्लो केही दिनयता पार्टी एकताका सम्बन्धमा आशा लाग्दो गतिविधि हुन सकेको छैन । यहि अवस्थामा एमाले स्थायी कमिटी बैठक आज बालुवाटारमा बस्न लागेको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!