Search

समाजसेवी सकुना श्रेष्ठको अध्यक्षतामा समकालिन एकता समाज नेपाल गठन

समाजसेवी सकुना श्रेष्ठको अध्यक्षतामा समकालिन एकता समाज नेपाल गठन

बाँपीझ्याला, काठमाण्डौं । ऐतिहासिक शहर दोलखा हालको भीमेश्वर नगरपालीका वडा नं. २ दोलखामा जन्म भई बाल्यकाल सं–संगै विताएरका दोलखा भित्र, बाहिर कर्म क्षेत्र बनाएर अगाडी बढी रहनु भएका सम्पूर्ण समकालिन साथीहरुको बिच एकता सद्भाव र एकजुट हुने लक्ष्य राखेर आज सम्पन्न जुम बैठकबाट समकालिन एकता समाज नेपाल दोलखा, काठमाण्डौं गठन गरिएको छ ।

यसरी गठन गरिएको संस्थाको प्रशासनिक र व्यवस्थापकीय कार्यहरुलाई अगाडी बढाउनको लागि समाजसेवी सकुना श्रेष्ठको अध्यक्षतामा ११ सदस्य रहेको तदर्थ समिती गठन गरिएको छ । जसमा उपाध्यक्षमा जानकी श्रेष्ठ मानन्धर, महासचिवमा सुनी प्रधान, कोषाध्यक्षमा पुष्पा जोशी, सचिवमा अमृतमैया मास्के प्रधान, सह–कोषाध्यक्षमा किरण प्रधान र सदस्यहरुमा रञ्जना जोशी, मिलन श्रेष्ठ, जमुना श्रेष्ठ, मञ्जरी श्रेष्ठ र विश्व श्रेष्ठ रहेका छन् ।

यसै गरी अन्य सदस्यहरुमा मिरा श्रेष्ठ, अन्नपुर्ण श्रेष्ठ, करुणा श्रेष्ठ, भवानी श्रेष्ठ र कल्पना जोशी, बन्दना प्रधान, सावित्री सेवाचार्य श्रेष्ठ, सावित्री श्रेष्ठ, सोनलक्ष्मी श्रेष्ठ गिरी, गंगा श्रेष्ठ, विमला श्रेष्ठ, ज्ञानी श्रेष्ठ र मन्दिरा श्रेष्ठ रहेका छन् । यसमा उल्लेखित सम्पूर्ण सदस्यहरुलाई हामीले सम्पर्क गरि सकेको छौं र एक दुई जना सम्पर्कमा नआएका साथीहरुलाई सम्पर्कमा आउन समेत तदर्थ समितीका अध्यक्ष सकुना श्रेष्ठले आग्रह सहित अनुरोध गर्नु भएको छ ।

जन्मघर दोलखा भई कर्मघर दोलखा अनी नेपालका पूर्व मेचि देखि पश्चिम महाकालीसम्म बैबाहिक सम्वन्ध जोडेर घरजम गरेर बस्नु भएर आउनु भएका समकालिन महिला साथीहरुलाई एकत्रित गर्ने उद्देश्य र लक्ष्य राखी अगाडी बढ्ने उद्देश्य रहेको थाहा भएको छ ।

संस्थाको मुख्य उद्देश्य भनेको समकालिन साथीहरु बिचमा समन्वय गराउने, पारिवारीक झम्काभेट गर्ने, मनोरञ्जन गर्ने, आत्मीयता सिर्जना गराउने, दुःख सुखमा सहयोग गर्ने जस्ता कार्यहरु गर्नुका साथै आवद्ध रहेका सदस्यहरुको श्रीमान्, छोरा बुहारी, नाती नातीनीहरु, छोरी जुवाई, नाती नातीहरु यस संस्थाको सदस्य हुने समेत समाजसेवी एवं तदर्थ समितीका अध्यक्ष सकुना श्रेष्ठले बताउनु भयो ।

यसरी सम्पूर्ण सदस्यहरुको परिवारहरुको सहयोगबाट समाज समूदायमा रहेका दिन दुःखीहरुको सेवाको लागि कार्यहरु गर्ने भएकोले यस कार्यमा आगामी दिनमा सम्पूर्ण दोलखा जिल्लावासी, शुभचिन्तक नेपाली महानुभावहरुले सहयोग गर्नु हुन सादर अनुरोध गर्दै यस कुसल कार्यमा सहयोग र सहभागी हुन अनुरोध सहित आग्रह गर्नु भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!