Search

अनुसँग साटे डा.उपाध्यायले मुटु

अनुसँग साटे डा.उपाध्यायले मुटु

बापीझ्याला, काठमाण्डौं । विश्व कीर्तिमानी गीतकार डा.डी.आर.उपाध्यायको नयाँ गीत ‘दुई मुटु’को म्युजिक भिडियो सार्वजनिक भएको छ । सागर अधिकारी ‘शरद’को स्वर तथा संगीत रहेको गीतमा संजय श्रीपालीको संगीत संयोजन छ ।

गीतको भिडियोमा गीतकार डा.उपाध्याय र अभिनेत्री अनु शाहलाई प्रस्तुत गरिएको छ । प्रेम र बिछोडको पिडा समेटिएको गीतको भिडियोमा पनि ट्रयाजेटी थिम उठाइएको छ । भिडियोमा डा.उपाध्यायले अनुसँग मुटु साटेका छन् ।

उत्सव दाहालको छायाँंकन र शिलन लम्सालको सम्पादन रहेको भिडियो माइकलले निर्देशन गरेका हुन् । गीतकार डा.उपाध्यायले गिनिज बुक अफ वल्र्ड रेकर्डसहित गीत–संगीतका ५१ विधामा विश्व रेकर्ड राखेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!