Search

अपर तामाकोशी प्रसारण लाइनको बेलामा काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित हुन सक्ने

अपर तामाकोशी प्रसारण लाइनको बेलामा काठमाडौंदेखि कोहलपुरसम्म बिजुली प्रभावित हुन सक्ने

अजय प्रधान,
१२ असार, बाँपीझ्याला, दोलखा । दोलखा जिल्लामा निर्माणाधिन अवस्था रहेको अपर तामाकोशी जलविद्युत आयोजना अन्तिम चरणमा पुगी परिक्षण उत्पादन शुरु भए पश्चात आयोजनाबाट प्रसारण लाइन व्यवस्थापनको अन्तिम चरणको काम शुरु भएको छ ।

यस अन्गर्तत तामाकोशी करिडोरबाट आउने बिजुली अब खिम्तीमा बनाइएको नयाँ सबस्टेशनमा जोडिने भएको छ । यसअघि नयाँ सबस्टेशन निर्माणको टुंगो नलाग्दा तामाकोशी करिडोरबाट आएको बिजुली सीधै ढल्केबर लैजाने गरी खिम्ती सबस्टेशनमार्फत जोडिएको थियो । अब भने खिम्तीको सबस्टेशनमार्फत नै तामाकोशीको बिजुली राष्ट्रिय प्रसारणमा भएको छ ।

जिल्लाकै खिम्ती–लामोसाँघु १३२ केभी प्रसारण लाइन यही असार १३ गतेदेखि १९ गतेसम्म बन्द गरेर अपर तामाकोशी जलविद्युत आयोजनालाई राष्ट्रिय विद्युत प्रणालीमा जोड्न लागिएको अपर तामाकोशी जलविद्युत आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताउनु भयो ।

यो काम गर्दा ढल्केबरदेखि कोहलपुरसम्मका सबस्टेसनहरुबाट विद्युत आपूर्ति हुने क्षेत्रका औद्योगिक ग्राहकहरुको विद्युत् कटौती हुने समेत प्रवक्ता न्यौपानेले भने, ‘यसबाट काठमाडौं उपत्यकाका ग्राहक पनि प्रभावित हुनेछन् ।’ बिजुली कति समयसम्म प्रभावित हुन्छ भनेर यकिनका साथ भन्न नसकिने उनले बताए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!