Search

विस्थापित नागरिकलाई खोप लगाउने तयारी

विस्थापित नागरिकलाई खोप लगाउने तयारी

११ असार, बाँपीझ्याला, काठमाण्डौं । नेपाल सरकारले बाढी पहिरो प्रभावित नागरिकलाई कोभिड–१९ विरुद्धको खोप लगाउने तयारी गर्न लागेको छ । जसमा सिन्धुपाल्चोक र मनाङ जिल्ला लगायतका पालिकाका विस्थापित नागरिकलाई खोप लगाउने तयारी थालिएको स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले बताउनु भएको छ ।

बाढी पहिरो जाने जिल्ला सिन्धुपाल्चोक र मनाङलगायत केही पालिकाका नागरिकहरु बाढीपहिरोबाट विस्थापित भएका छन् र वहाँहरु घरबारबिहीन भएका छन् । विद्यालय लगायतका ठाउँमा समूहमा बस्न बाध्य छन् । जसले गर्दा कोरोनाको जोखिममा पर्ने सम्भावना धेरै छ । त्यसैले उहाँहरुका लागि खोप दिने निर्णय सरकारले गरेको हो ।

विस्थापित नागरिकहरुको तथ्यांक संकलन गर्ने काम भइरहेको भन्दै डा गौतमले यकिन संख्या आएपछि १८ वर्षभन्दा माथि उमेर समूहका नागरिकलाई खोप दिने मिति तय हुने बताए ।

खोपको व्यवस्थापन कसरी हुन्छ त भन्ने जिज्ञासमा डा. गौतमले भने, ‘भेरोसेल खोपको केही मात्रा स्टक हुन्छ कि भन्ने हामीले अपेक्षा गरेका छौं । उक्त खोपको मात्रा बचेमा विस्थापित नागरिकलाई लगाउने भन्ने हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!