Search

दोलखा भीमेश्वरमा आज क्षमा पूजा

दोलखा भीमेश्वरमा आज क्षमा पूजा

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
ऐतिहासिक शहर दोलखा स्थित भीमेश्वरको शिलामा गत २०७८ बैशाख २५ गते दिउँसो १२ः१५ देखि १ः३० बजेसम्म पसिना आएको थियो । यसरी पसिना आएको लगतै भोली पल्ट दोलखा भीमेश्वरको महाप्रसाद लिएर राष्ट्र प्रमुख विद्यादेवी भण्डारीज्यू कहाँ गुठीयारको तर्फबाट स्टालिन श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दोलखाको तर्फबाट सहायक प्रमुख जिल्ला अधिकारी बद्री अधिकारीले पू¥याईएको भएको थियो ।

त्यसपछी त्यहाँबाट क्षमापूजा पठाईएको थियो । यसरी पठाईएको क्षमापूजा कोभिड १९ दोश्रोको सक्रमणको कारण जिल्लामा निषेधाज्ञा भएको कारणले निषेधाज्ञा हटाए पछी गर्ने गरी पूजालाई स्थगित भएको थियो ।

यसरी पूजालाई स्थगित गरिएपछी दोलखाका स्थानिय दोलखाली युवाहरुले क्षमापूजाको माग गर्दै पूजा गर्नु पर्नेमा सम्वन्धीत गुठीयारहरुको ध्यानकार्षण गराएको थियो । यसरी माग भएपछी गुठीयारको तर्फबाट कोषाध्यक्ष सुरेश कुमार श्रेष्ठले भीमेश्वर मन्दिर गुठी तथा पुजा व्यवस्थापन समितिको तर्फबाट बैशाख ३० गते सामान्य क्षमापुजा गरिएको बताउनु हुर्दै हाल कोभिड १९ को संक्रमणको कारणले जिल्लामा निषेधाज्ञा रहेको र उक्त निषेधाज्ञा खुल्ने बितिकै प्रमुख जिल्ला अधिकारीको सल्लाह र सहमतीमा गर्ने भनी गत जेष्ठ ७ गते स्थानिय अनलाईन पत्रिका बाँपीझ्याला डटकम मार्फत सूचना जानकारी प्रवाह गर्नु भएको थियो ।

यसै गरी केही दिन अगाडी जिल्ला प्रशासन कार्यालय दोलखाले यही अषाढ १४ गतेसम्म निषेधाज्ञाको सुचना प्रवाह गरे संगै केही खुकुलो भएकोले आज विहान दोलखा भीमेश्वरमा ४८ दिन पछी क्षमापूजा गरिएको छ ।

नेपालको राष्ट्र प्रमुख एवं राष्ट्रपति कार्यालयको तर्फबाट दोलखाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेले प्रतिनिधीत्व गर्नु हुर्दै आज बिहान ९ः३० बजे देखी साँढे १२ बजे सम्म क्षमापुजा सम्पन्न गरिएको छ ।

क्षमापुजाको गरिएको दोलखा भीमेश्वरको महा प्रसाद भोली राष्ट्रपति कार्यालय पठाइने भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष विराजमान श्रेष्ठले बताउनु भयो । कोभिडको कारणले करिव डेढ महिना पछी क्षमा पूजा आज सम्पन्न गरिएको छ भनी गुठीयारको तर्फबाट कोषाध्यक्ष शुरेस कुमार श्रेष्ठले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!