Search

भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने, ३ लाख ७० हजारलाई लगाउने तयारी

भेरोसेल खोपको दोस्रो डोज असार २२ गतेदेखि लगाइने, ३ लाख ७० हजारलाई लगाउने तयारी

बाँपीझ्याला, काठमाडौं । नेपाल सरकारलाई चीनले पछिल्लोपटक उपलब्ध गराएको कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएकाहरुलाई यही असार २२ गतेबाट दोस्रो डोज लगाइने तयारी भएको छ । जेठ २५ गतेदेखि २९ गतेसम्म देशभर ६० देखि ६४ वर्ष उमेर समूहका नागारिकलाई पहिलो मात्रा खोप लगाइएको थियो ।

स्वास्थ्य सेवा विभागले असार २२ गतेबाट दोस्रो डोजको खोप लगाईने जनाएको छ । खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमले पहिलो डोज लगाएका तीन लाख ७० हजार जनालाई असार २२ गतेबाट दोस्रो डोज लगाइने तय भएको बताउनु भयो ।

यसअघि भेरोसेलको पहिलो डोज लगाएकाले पहिलो मात्रा लगाएको कार्ड देखाएर दोस्रो डोज लगाउन पाउनेछन् ।
अघिल्ला खोप अभियानमा भेरोसेल खोपको बुस्टर डोज अर्थात दोस्रो मात्रा लगाउन छुटेकाले समेत सो अवधिमा दोस्रो बुस्टर डोज लगाउन पाउने उनले बताए ।

पछिल्लो पटक ६०–६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकले भेरोसेल खोपको पहिलो मात्रा लगाएका थिए । ६ लाख ६२ हजार ३६७ जना ज्येष्ठ नागरिकलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउने लक्ष्य रहेकोमा तीन लाख ७० हजार ३९५ जना ज्येष्ठ नागरिकले मात्र भेरोसेल खोपको पहिलो मात्रा लगाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!