Search

नेपाली काँग्रेसका तिन नेता शशांक–प्रकाशमान–बिमलेन्द्र एक ठाउँमा

नेपाली काँग्रेसका तिन नेता शशांक–प्रकाशमान–बिमलेन्द्र  एक ठाउँमा

११ अषाढ, बाँपीझ्याला, काठमाण्डौं । नेपाली काँग्रेको भदौमा हुन गईरहेको महाधिवेशनको लागि काँग्रेसको नेताहरु चुनावी तालमेलका लागि निस्की सकेका छन् । यसरी १४ औं महाधिवेशनमा नेपाली कांग्रेसको नेतृत्व जसरी पनि दोस्रो तहमा झार्न प्रतिबद्ध भएर तिन नेता लागेर एक ठाउँमा उभिएको देखिन्छ ।

जसमा शंशाक कोईराला, प्रकाशमान सिंह र बिमलेन्द्र निधी रहेका छन् । यसले गर्दा अहिले पार्टी भित्र नयाँ तरंग उत्पन्न भएको छ । यसै गरी सभापतीको दावेदार नेता विमलेन्द्र निधि, शशांक कोइराला र प्रकाशमान सिंहले सोमबारदेखि थालेको संवादलाई शुक्रबार पनि निरन्तरता दिएपछि पार्टी पंक्तिमा नयाँ तरंग पैदा गरेको हो ।

यी तिनै नेता कुनै बेला काँग्रेसको नेतृत्व गरिसकेका पुत्रहरु हुनु हुन्छ । जसमा स्वर्गिय बिपि कोईराला, गणेशमान सिंह र महेन्द्र नारायण निधी रहेका छन् । यसकारण पनी यी आफैमा नेतृत्वको दावेदार रहेको बुझिन्छ । तर १३ औं महाधिवेशनमा प्रतिष्पर्धा गरेका नेताहरुले नै आसन्न १४ औं महाधिवेशनमा फेरि उत्रने बताएपछि तीन नेतापुत्र एक ठाउँमा उभिने प्रयासमा जुट्नुभएको श्रोतको दावी रहेको छ ।

आज शुक्रबार कांग्रेसका महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा तीन नेताबीच लामो छलफल भयो र एक ठाउँमा उभिन सकारात्मक पहल थालिएको प्रतिक्रिया बाहिर आएको छ ।

भेटमा पार्टीको भदौंमा हुने १४औं महाधिवेशन र राष्ट्रिय राजनीतिकाबारे छलफल भएको भन्दै कोइरालाले आगामी दिनमा पनि संवादमा रहने बताउनु भएको छ ।

तीन नेताबीच सभापतिको उम्मेदवारीसमेतका विषयमा छलफल भएको भन्दै महामन्त्री कोइरालाले आफूहरु एकै ठाउँमा रहेको र हाम्रा बीचमा सहमति हुनसक्ने सम्भावना रहेको प्रतिक्रिया दिनुभयो ।

पार्टीलाई गुट–उपगुटमा विभाजित गर्दा धराशायी हुने भएकाले महाधिवेशन र त्यसपछि हुने निर्वाचन जित्न पनि एकजुट भएर जानुपर्नेमा आफूहरु सहमत भएको उहाँको भनाइ रहेको छ ।
संवादका पहलकर्ता उपसभापति निधिले पनि आफूहरु एकठाउँमा बस्दा देशभरका कार्यकर्ता उत्साहित भएकाले एउटै आवाज हुने टिप्पणी गर्नुभयो । अलग–अलग गुटका नेता एकै ठाउँमा बसेर गुट बनाएको नभई तोडेको उहाँको भनाइ थियो ।

सभापतिका अर्का आकांक्षी सिंहले समय आएपछि सभापतिमा को उठ्नेबारे औपचारिक घोषणा गरिने प्रतिक्रिया दिनुभयो । तर छलफल सकारात्मक दिशामा उन्मुख भएको उहाँको भनाइ छ ।

सिंहले भन्नुभयो, ‘पार्टीलाई देशको एक नम्बरको पार्टी बनाउनु पर्छ भन्ने जनताको चाहना छ । कार्यकर्ताको चाहना छ । लोकतन्त्र र कांग्रेसको हितमा कसरी अगाडि बढ्दा राम्रो हुन्छ भन्नेबारे हामी छलफल गर्दैछौं ।’

यसअघि, उपसभापति निधिले नै महामन्त्री कोइराला र पूर्वमहामन्त्री सिंहलाई आफ्नै घरमा बोलाएर छलफल गर्नुभएको थियो ।

शेरबहादुर देउवाको हातबाट नेतृत्व तल्लो तहमा ल्याउन तीनै नेता तयार देखिए पनि सभापतिका आकांक्षी उनीहरुले कसले कसलाई नेतृत्व छाड्न तयार होलान् त्यो भने अहिले नै प्रष्ट देखिएको छैन ।

यसरी नेतृत्व हस्तान्तरणको मुद्दा बनाएर बहस चलाइरहेका युवा पुस्ता पनि यो पहलकदमीबाट उत्साहित भने देखिएको छ । सोमबार नै निधिले गरेको छलफलमा युवा नेताहरुले तल्लो तहमा नेतृत्व ल्याउन आफूहरुले सघाउने बताएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!