Search

१३ बर्षदेखि पिताको संरक्षणमा बस्र्दै आएको चर्चित गायिका ब्रिटनीले मुक्त हुन अदालतमा अपिल

१३ बर्षदेखि पिताको संरक्षणमा बस्र्दै आएको चर्चित गायिका ब्रिटनीले मुक्त हुन अदालतमा अपिल

बाँपीझ्याला, एजेन्सी । विश्व चर्चित गायिका ब्रिटनी स्पियेर्शले १३ बर्षदेखि पिताको संरक्षणमा रहन्दै आएको छ । यसै गरी आफूलाई आफ्ना पिताको संरक्षणबाट मुक्त गर्न अदालतसमक्ष अपिल गरेकी छिन् । उनको करिअरको हरेक फैसला उनका पिताले गर्दै आएका छन् । ब्रिटनीले अमेरिकाको लस एन्जलस अदालतमा आफूलाई यस्तो अपमानजक संरक्षणबाट मुक्त गराउन अपिल गरेकी हो ।

अमेरिकामा ब्रिटनीको यो बिषय एक अभियानको रुपमा अगाडि बढिसकेको छ । ब्रिटनीले भनेकी छिन् विगत १३ सालदेखि मलाई जर्बजस्ती ड्रग्स दिइएको छ । मेरो इच्छाको विरुद्ध मलाई काम गर्न बाध्य बनाइएको छ । म यो संरक्षणबाट तिरस्कृत भएकी छु । म तनावमा छु र चकित पनि छु । म आफ्नो जिन्दगी फिर्ता लिन चाहन्छु । म काम गर्न सक्छु भने मलाई संरक्षण आवश्यक छैन । यो अपमानजनक संरक्षण हो ।’

ब्रिटनीले अदालतसँग भनेकी छिन् म अगाडि बढ्न चाहन्छु । बिहे गरेर बच्चा जन्माउन चाहन्छु । म पिताको संरक्षणमा रहुन्जेलसम्म न त बिहे गर्न सक्छु न त बच्चा जन्माउन नै सक्छु । मेरो शरीरमा आइयूडी डिभाइस लगाइको छ, जसको कारणले म गर्भवती हुन सक्दिनँ । म यो डिभाइस बाहिर निकाल्न चाहन्छु र बच्चा जन्माउन चाहन्छु । मलाई मेरो पिताको टिमले डाक्टरकोमा जान दिन दिदैन । उनीहरु म गर्भवती भएको हेर्न चाहँदैनन् । मलाई यो संरक्षण फाइदा भन्दा घाटा बढी भैरहेको उनको भनाई रहेको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!