Search

बलिउड अभिनेता अनिल कपुरको फिल्म यात्रा ३८ वर्ष पुरा, फिल्ममा आउनुअघि …

बलिउड अभिनेता अनिल कपुरको फिल्म यात्रा ३८ वर्ष पुरा, फिल्ममा आउनुअघि …

बाँपीझ्याला, एजेन्सी । बलिउड अभिनेता अनिल कपूरको फिल्म यात्राले ३८ वर्ष पूरा गरेको छ । उनको पहिलो बलिउड फिल्म सन् १९८३ मा रिलीज भएको थियो । उनी फिल्म प्रोड्युसर सुरेन्द्र कपूर र निर्मल कपूरका छोरा अनिल कपूरको वास्तविक जीवन कहानी भने निकै फरक छ ।

हाल उनीसँग करोडौँको बंगला छ । घर छ । गाडी छन् । तर, उनको परिवार पहिलोपटक मुम्बई आउँदा राज कपूरको ग्यारेजमा बस्थे । उनीहरु वर्षौंसम्म सोही ग्यारेजमा बस्ने गर्थे । त्यसपछि उनीहरुले एउटा कोठा लिएका थिए र लामो समयसम्म त्यहीँ बसे ।

अनिल कपूरले मुख्य भूमिकामा तेलुगु फिल्मबाट आफ्नो करियरको सुरुवात गरेका थिए । उनको पहिलो फिल्म सन् १९८० मा वामसा वृक्षम रिलीज भएको थियो । उनले सन् १९७९ हमारे तुम्हारे फिल्ममा काम गरेका थिए । उनले सन् १९७९ देखि १९८२ सम्म बलिउडमा चार फिल्म हमारे तुम्हारे, एक बार कहो, हम पांच, शक्ति जस्ता फिल्ममा काम गरेका थिए । उनले सन् १९८३ मा फिल्म वो सात दिन मार्फत बलिउडमा लिड रोलमा काम गरेका थिए ।

अनिल कपूरले सन् १९८६ मा चमेली की शादीमा गीत समेत गाएका थिए ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!