Search

दोलखा वैत्यश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागी निति कार्यक्रम र बजेट विनियोजन

दोलखा वैत्यश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागी निति कार्यक्रम र बजेट विनियोजन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला वैत्यश्वर गाउँपालिकाले आर्थिक वर्ष २०७८/०७९ को लागी निति कार्यक्रम र बजेट विनियोजन गरेको छ । गाउँपालिकाका उपाध्यक्ष रविचन्द्र आचार्यले आगामी आर्थिक वर्षका लागी ४५ बुँदे निति, कार्यक्रम र बजेट प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिकाले आगामी वर्षको निति तथा कार्यक्रममा कोभिड १९ उपचार कोषमा रकम थप गर्ने, वैत्यश्वर अस्पतालको आइसोलेसनमा बस्ने बिरामीलाइ निशुल्क उपचार, बिरामी र कुरुवालाई निशुल्क खाना खुवाउने, वैत्यश्वर अस्पतालको स्तरोन्नती गर्ने, जैविक मलको प्रवद्र्धन गरि घर घरमा बगैचा बनाउनेलाई पुरस्कार प्रदान गर्ने उल्लेख गरिएको छ ।

त्यसैगरि ८ वटै वडा कार्यालय र गाउँपालिका केन्द्र जोड्ने सडकको स्तरोन्नती, आगामी वर्ष ४ किलोमिर सडक कालोपत्रे गर्ने, नाम्दु–आँगेटार–पाँडुडाँडा सडकको क्षमता विस्तार, स्थानीय पाठ्यक्रम अनुसार पाठ्यपुस्तक तयार गर्ने, विकासमा लैङ्गिक उत्तरदायीत्व बहन गर्ने, पालिका भित्र स्थानीय सिप, कला, श्रोत साधन र प्रविधिको प्रयोग गर्ने व्यक्तिहरुलाई प्रोत्साहन गर्ने निति तथा कार्यक्रममा उल्लेख छ ।

गाउँपालिकाले आगामी आर्थिक वर्षका लागी ४७ करोड ९१ लाख २८ हजार ७ सय २ रुपैयाँ बराबरको बजेट पेश गरेको छ । गाउँपालिकाले चालु तर्फ १० करोड ९५ लाख, पुँजीगत तर्फ १६ करोड २९ लाख ३३ हजार ७ सय २ रपैयाँ, ससर्त तर्फ २० करोड ६६ लाख ९५ हजार गरि आगामी वर्षका लागी ४७ करोड ९१ लाख २८ हजार ७ सय २ रुपैयाँ बजेट पेश गरेको हो ।

गाउँपालिकाले आर्थिक विकासको लागी ५८ लाख रुपैयाँ, सामाजिक विकासका लागी २ करोड ३६ लाख, पुर्वाधार विकास तर्फ ९खानेपानी सडक सिञ्चाइ पर्यटन विकास० १३ करोड ५ लाख ३३ हजार, कार्यालय सञ्चालनका लागी १० करोड ९५ लाख, विपद व्यवस्थापनका लागी ३० लाख, ससर्त अनुदान तर्फ २० करोढ ६६ लाख ९५ हजार विनियोजन गरेको छ । गाउँपालिकाका ८ वटा वडालाई ५० लाखका दरले रक विनियोजन गरेको गाउँपालिकाका उपाध्यक्ष रविचन्दं्र आचार्यले जानकारी दिनुभयो ।

गाउँ सभा पालिका अध्यक्ष छवि लामाको अध्यक्षतामा भएको थियो । आज प्रस्तुत गरिएको निति कार्यक्रम र बजेट उपर दफावार छलफल गरि असार २८ गते पारित गरिनेछ ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment