Search

दोलखा कालिञ्चोक गाउँपालिकाको ६७ करोड ३२ लाख बजेट विनियोजन

दोलखा कालिञ्चोक गाउँपालिकाको  ६७ करोड ३२ लाख बजेट विनियोजन

अजय प्रधान,
बाँपीझ्यला, दोलखा ।
दोलखा जिल्ला कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्षको लागि ६७ करोड बजेट विनियोजन गरिएको छ । गाउँपालिका अध्यक्ष विन कुमार थामीको अध्यक्षतामा सम्पन्न उक्त गाउँसभामा उपाध्यक्ष कालिका पाठकले बजेट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

गाउँपालिकाको कार्यालय सुनखानीमा बिहिवार सुरु भएको आठौं गाउँसभामा नयाँ आर्थिक वर्ष २०७८/७९ को लागि ६७ करोड ३२ लाख, ४४ हजार ३ सय २८ रुपैयाँ बरावरको अनुमानित आय प्रस्तुत गरिएको हो ।

जसमा गाउँपालिकाबाट ३२ करोड, ५३ लाख, ४३ हजार ३ सय २८ र कार्यक्रमरआयोजनाको लागि विनियोजन भई आएको बजेट ९सशर्त० ३४ करोड ७९ लाख, १ हजार रहेको छ ।

बजेटमा चालुतर्फ ९ करोड ८२ लाख १० हजार खर्च हुने अनुमान छ भने कूल बजेटको ५५ प्रतिशत पूर्वाधार विकास तर्फ र आर्थिक विकास तर्फ १५ प्रतिशत, सामाजिक विकास तर्फ २० प्रतिशत, विपद व्यवस्थापनतर्फ ९ प्रतिशत र सस्थागत विकासतर्फ १ प्रतिशत बजेट खर्च हुने प्रक्षेपण गरिएको छ ।

प्रस्तुत बजेटमा वडाहरुलाई एकमुष्ठ ७ करोड ५ लाख रुपैयाँ विनियोजन गरिएको छ । यसैगरी कालिञ्चोक गाउँपालिकाले आगामी आर्थिक वर्षमा गाउँपालिकाका सबै नागरिकको स्वास्थ्य विमा गर्ने कार्यक्रम ल्याएको छ । जसका लागि ३ करोड बजेट बिनियोजन गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!