Search

तामाकोशी गाउँपालीका दोलखाले आर्थिक बर्ष २०७८/०७९ को बजेट विनियोजन

तामाकोशी गाउँपालीका दोलखाले आर्थिक बर्ष २०७८/०७९ को बजेट विनियोजन

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको तामाकोसी गाउँपालिकाले आर्थिक २०७८/०७९ को लागी ७० करोड ७४ लाख ६४ हजार ४३ रुपैयाँ बराबरको बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खड्काले यसरी आगामी वर्षको बार्षिक निति कार्यक्रम र बजेट सार्वजनिक गर्नु हुर्दै कृषि सिञ्चाइ तथा पशु विकासका लागी ४ करोड, स्वास्थ्य सरसफाइ तथा खानेपानीमा ५ करोड, शिक्षाका लागी २ करोड ५० लाख, कला संस्कृति पर्यटनमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताउनु भयो ।

यसै गरी सडक यातयात तथा भौतिक पुर्वाधार विकासका लागी ४ करोड, वन वातावरण तथा भू– संरक्षणका लागी ६५ लाख, उर्जाका लागी ३८ लाख, आर्थिक तथा सामाजिक विकासमा २ लाख, युवा तथा खेलकुद विकासमा १ करोड, सुचना तथा सञ्चार प्रविधि तर्फ ६५ लाख, सुशासन सार्वजनिक सेवा प्रावहमा १० लाख, राजश्व संकलन तथा परिचालनमा ५ लाख, लक्षित वर्गका लागी २ करोड ४५ लाख, जोखीम तथा प्रकोप व्यवस्थापनका लागी १० लाख थप गरि ५० लाख पुर्याउने प्रस्ताव गरिएको छ ।

गाउँपालिकाले उद्योग तथा वाणीज्यका लागी ५ लाख, सहकारी तथा संघ संस्थाका लागी १५ लाख, कानुन तथा न्याय सम्पादनमा ३० लाख, कर्मचारी कल्याण कोषका लागी १० लाख, आर्थिक सहायता तथा चन्दा पुरस्कार कोष ५ लाख, वडा पुर्वाधार व्यवस्थापन कार्यक्रमका लागी प्रत्यक वडामा ५ लाख रुपैयाँका दरले ३५ लाख, समपुरक तथा विविध कोषका लागी ६ करोड र आकस्मीक निर्माण तथा मर्मत कोषलाई ५० लाख विनियोजन गर्ने प्रस्ताव गरेको छ ।

आगामी आर्थिक वर्षका लागी गाउँपालिकाले तामाकोसी रोजगार कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमका लागी छनौट नभएका सुचिकृत बेरोजगारलाई समेट्ने गरि तामाकोसी रोजगार कार्यक्रम सञ्चालन गर्ने भएको गाउँपालिकाकी उपाध्यक्ष उर्मिला खड्काले जानकारी दिनुभयो । कार्यक्रम अन्र्तगत गाउँपालिकाको पुर्वाधार निर्माणका कार्य गर्न आवश्यक पर्ने औजार खरिदका लागी १० लाख र कार्यक्रम कार्यान्वयनका लागी ७० लाख बजेट विनियोजन गरेको छ ।

यसै गरी तामाकोसी गाउँपालिकामा रहेको कोभिड अस्थायी अस्पतालमा ल्याव र भिडियो एक्सरे सेवा सञ्चालनमा ल्याउने, पालिका भित्रका ३ वटा स्वास्थ्य चौकीमा ल्याव स्थापना गर्ने, गाउँपालिकामा एउटा एम्बुलेन्स थप गर्ने, ४० वर्ष माथिका नागरिकको स्वास्थ्य जाँच गर्ने, एक वडा एक उत्पादन क्षेत्र बनाउने लगाएतको लक्ष्य रहेको जनाएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!