Search

भीमेश्वर नगरपालीका दोलखाले आर्थिक वर्ष २०७८/०७९ को लागि ८८ करोड रकम विनियोजन गरिएको सार्वजनिक (भिडियो सहित)

भीमेश्वर नगरपालीका दोलखाले आर्थिक वर्ष २०७८/०७९ को लागि ८८ करोड रकम विनियोजन गरिएको सार्वजनिक (भिडियो सहित)

बाँपीझ्याला, काठमाण्डौं । बागमती प्रदेश दोलखा जिल्ला भीमेश्वर नगरपालीका दोलखाको नगर प्रमुख भरत बहाुदर केसीको अध्यक्षतामा आज नवौ नगर सभा सम्पन्न भएको छ । उक्त नगर सभामा भीमेश्वर नगरपालिकाका उपप्रमुख कमला बस्नेतले आर्थिक वर्ष २०७८/०७९ को लागि ८८ करोड ५९ लाख ५३ हजार ५ सय १८ रुपैयाँ बराबरको बजेट विनियोजन गरि आजको नगर परिषद् सभामा सार्वजनिक गर्नु भएको छ ।

यसरी उप–प्रमुख कमला बस्नेतले नगरपालिकाले तर्जुमा गरेको आर्थिक वर्ष २०७८÷०७९ विनियोजित बजेट सार्वजनिक गर्नुका साथसाथै भीमेश्वर नगरपालिकाको विनियोजन विधेयक २०७८, भीमेश्वर नगरपालिकाको अर्थ सम्बन्धि प्रस्ताव कार्यान्वयन गर्न बनेको विधेयक २०७८ र न्यायीक समितिको प्रतिवेदन २०७८ समेत प्रस्तुत गर्नुभएको थियोे । बार्षिक बजेट वक्तव्य प्रस्तुुत गर्ने क्रममा आर्थिक वर्ष २०७६/७७ र २०७७÷७८ मा भएको बजेट विश्लेषण संक्षिप्त विवरण प्रस्तुत गर्नुहुँदै आर्थिक वर्ष २०७८/७९ को बजेट तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियोे ।

आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित बजेट मध्ये आर्थिक विकासमा ४ करोड ४२ लाख ६३ हजार रुपैयाँ (४.९९प्रतिशत), सामाजिक विकासमा ३५ करोड ७२ लाख ६६ हजार ५सय रुपैयाँ (४०.०३ प्रतिशत), भौतिक पूर्वाधार विकासको लागि ३७ करोड ९ लाख २ हजार रुपैयाँ (४२.७७ प्रतिशत ), सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रमा १ करोड ९८ लाख ५० हजार रुपैयाँ (२.२७ प्रतिशत), र कार्यालय सञ्चालन तथा प्रशासनिक क्षेत्रमा ८ करोड ५५ लाख ९२ हजार १८ रुपैयाँ (९.६७ प्रतिशत) रकम विनियोजित गरिएको कुरा बताउनुभएको छ ।

यसै गरी नगरसभामा कोरोना महामारीबाट दोलखा निर्वाचन क्षेत्र ’ख’ बाट निर्वाचित बागमती प्रदेशका माननीय सदस्य पशुपति चौलागाईं लगायत कोरोना संक्रमणबाट जीवन गुमाउनु हुने सम्पूर्ण दोलखा जिल्लावासी र नेपाली दाजुभाई दिदीबहीनीहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा उहाँहरूको परिवारजन प्रति गहिरो समवेदना प्रकट गर्नुका साथै कोभिड संक्रमणका कारणले बिरामी भै उपचारका क्रममा रहेका सम्पूर्ण व्यक्तिहरूको सिघ्र स्वास्थ्य लाभको कामना गरिएको वक्तव्यमा उल्लेख गरिएको छ ।

सार्वजनिक महत्वको प्रस्ताव अन्तर्गतको खरिढुंगा म्याग्नेसाइट उद्योग सञ्चालन, तामाकोसी तेस्रो जलविद्युत आयोजना पूर्ण क्षमतामा यथाशीघ्र सञ्चालन, चरिकोट–देउराली–कालिन्चोक सडक चरिकोट टुडिँखेलबाट नै निर्माणकार्य शुरु गराउन, भीमेश्वर नगरपालिकाको परिधिभित्र चक्रपथ निर्माण गर्न ,चीन–भारत जोड्ने छोटोे मार्गको रुपमा परिचित उत्तर–दक्षिण मार्गलाई भीमेश्वर नगरपालिका क्षेत्रभित्र (तामाकोसी करिडोर) बाट नै छिटोभन्दा छिटो निर्माण गर्न र डाङडुङे डाँडामा निर्माणाधीन फिल्मसिटीको लागि संघीय सरकारबाट समेत बजेट विनियोजन गरि सम्पन्न गराउन सम्बन्धित निकायलाई यथाशीघ्र ध्यानाकर्षण गराउने निर्णय गरिएको छ ।

उप मेयर कमला बस्नेतज्यूबाट भीमेश्वर नगरपालीका दोलखाको आर्थिक बर्ष २०७८/०७९ को प्रस्तावित बजेट

भीमेश्वर नगरपालिकाको आर्थिक वर्ष २०७८/७९ वार्षिक बजेट तर्जुमा कार्यमा प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने जननिर्वाचित प्रतिनिधिज्यूहरु, राजनीतिक पार्टीहरु, नगरपालिकाका सल्लाहकारज्यूहरु, विभिन्न सरकारी तथा गैरसरकारी निकायहरु र आम नगरवासीमा धन्यवाद व्यक्त गर्दै यस बजेटमाथिको छलफलपछि उचित कार्यान्वयन गर्न गराउन सबैको महत्त्वपूर्ण सहयोग र समन्वयको आवश्यकता रहेको कुरा वक्तव्यमा उल्लेख गरिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!