Search

आज दोलखामा २६ जना कोरोना संक्रमण मुक्त

आज  दोलखामा २६ जना कोरोना संक्रमण मुक्त

बद्री दाहाल,
बाँपीझ्याला, दोलखा ।
पछिल्लो २४ घण्टामा दोलखामा २६ जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमा मेलुङ गाउँपालिकाबाट १८ पुरुष, ७ महिला गरि २५ जना र कालिन्चोक गाउँपालिकाबाट १ जना कोरोना मुक्त भएको

जनस्वास्थ्य दोलखाका अधिकृत सपना केसीले जानकारी बताउनु भयो । यसै गरी स्थानीय तहमा एन्टिजिन परिक्षण नगरिएको र चरिकोट अस्पतालमा स्वाव दिनेको संख्या अत्यन्त न्युन भएकाले परिक्षण नगरिदा संक्रमित फेला नपरेको हो ।

हाल जिल्लामा एक हजार १ सय २६ पुरुष, ८ सय ९९ महिला गरि २ हजार २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यसैगरि १ सय ८४ पुरुष, १ सय ५२ महिला गरि ३ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् भने ९ सय ३६ पुरुष, ७ सय ४४ महिला गरि एक हजार छ सय ८० जना कोरोना मुक्त भएका छन् । जिल्लाका ६ पुरुष, ३ महिला गरि ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

हाल संक्रमित मध्ये चरिकोट अस्पतालको एचडियु वार्डमा ५ जना, आइसोलेसन वार्डमा २ जना, सिंगटी अस्पतालमा ८ जना, वैत्यश्वर अस्पतालमा ३ जना, तामाकोसी कोभिड अस्पतालमा ३ जना, विगु कोभिड अस्पतालमा २ जना गरि २४ संक्रमित अस्पतालमा उपचाररत छन् भने ३ सय १२ जना घरमै स्वास्थ्य लाभ गरिरहेका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!