Search

तामाकोशी र रोल्वालिङमा बाढी आउनु पूर्व सूचनाको व्यवस्था

तामाकोशी र रोल्वालिङमा बाढी आउनु पूर्व सूचनाको व्यवस्था

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाको तामाकोशी नदी र रोल्वालिङ खोलामा बाढी पैरो आएमा पूर्वसूचना दिने व्यवस्था गरिएको छ । यसरी तामाकोशी नदी र रोल्वालिङ खोलामा बाढी तथा पहिरोको आउन सक्ने सम्भावना भएकोले सुरक्षा तथा क्षति न्यूनीकरणका लागि यसरी पूर्व सूचना दिने व्यवस्था गरिएको थाहा भएको छ ।

बिगु र गौरीशंकर गाउँपालिकाका जनप्रतिनधी, सुरक्षा निकाय र माथिल्लो तामाकोसी जलविद्युत आयोजनाका अधिकारीहरुबीच भएको यसबारेमा छलफल भए पश्चात उक्त व्यवस्था गरिएको हो । तामाकोशी नदीमा बाढी पहिरो आउँदा अग्रीम सूचना दिने प्रणाली व्यवस्था गरिएको र तामाकोशी नदीमा आउने बाढीको खतराबारे नदी तटीय क्षेत्रका बासिन्दाहरुलाई सजिलै थाहा जानकारी दिनका लागि यसरी पूर्व सूचना दिने व्यवस्था मिलाइएको तामाकोसी जलविद्युत आयोजनाका प्रवक्ता गणेश न्यौपानेले बताउनु भयो ।

यही असार महिनाको पहिलो साताभित्रै बाढीपहिरोका कारण सिन्धुपाल्चोक जिल्लाको मेलम्ची, हेलम्वु लगायत धेरैजसो ठाउँमा अकल्पनीय एव अप्रत्यासित रुपमा घटेका घटनालाई मध्यनजर गर्दै बाढी पहिलो आउन पूर्वसूचना दिई सर्तकता र क्षती न्यूनिकरणको लागि यो कार्यको शुरुवात गरेको थाहा भएको छ । साथै यस सूचनाले नदीको तल्लो तटीय क्षेत्रका स्थानीय वासिन्दाहरुलाई सुरक्षित गराउनका लागि समेत यो व्यवस्था प्रभावकारी हुने थाहा भएको छ ।

यसरी सूचना दिनका लागि तामाकोशी नदी र रोल्वालिङ जाने बाटोको रिखु भन्ने स्थानमा जलमापन केन्द्र राखिएको छ । सूचना प्रविधीको माध्यमबाट जानकारी लिनको लागि जलमापन केन्द्र दुई ठाउँमा राखिएको छ । जसमा सिसिक्यामारा फिट गरिएको हुन्छ भने जलमापनको लागि विभिन्न संयन्त्र जडान गरिएको छ । जसमा पाँच पाँच मिनेटमा नदिमा पानीको सतह गडबड भएको जानकारी पाउन सकिने तामाकोशी जलविद्युत आयोजनाका शाखाका उपप्रवन्धक विमल गुरुङले जानकारी दिनु भयो ।

उहाँका अनुसार स्वतः मापन केन्द्रबाट नदीमा पानीको सतह घटेको वा बढेको कुरा कम्प्युटरमा अपडेट हुने र आयोजनाले मोबाइल बाट उक्त कुरा सहज जानकारी लिन सक्दछ । साथै प्रविधिबाट आउने जानकारी सामान्य चेतनायुक्त र खतरनाक हुने भएकोले आयोजनाले नदी तटिय क्षेत्रका वासिन्दाहरुलाई सर्तक रहन्न आग्रह गर्ने थाहा भएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!