Search

ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश

ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश

०८ असार, बाँपीझ्याला, काठमाण्डौं । सर्वोच्च अदालतले कोभिशिल्डको पहिलो डोज खोप लगाएका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको छ ।

ज्येष्ठ नागरिकलाई खोप माग्दै अर्जुनराज गिरीसमेतले सर्वोच्च अदालतमा दिनुभएको रिटको सुनुवाई गर्दै सर्वोच्चले ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकलाई यथाशीघ्र दोस्रो डोज खोप दिन अन्तरिम आदेश जारी गरेको हो ।

मंगलबार उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले सरकारका नाममा कारण देखाउ आदेश र तत्काल खोप उपलब्ध गराउन अन्तरिम आदेश दिएको सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिनुभयो ।

न्यायाधीश ईश्वर खतिवडाको इजलासले गत फागुनमा कोभिशिल्डको पहिलो डोज लगाएका ज्येष्ठ नागरिकलाई दोस्रो डोज दिन ढिला भइरहेको भन्दै खोप व्यवस्था गर्न अन्तरिम आदेश दिएको थियो ।

यता, विश्व स्वास्थ्य संगठनले कोभिशिल्ड खोपको पहिलो डोज लगाएको आठ देखि १२ हप्ताभित्र दोस्रो डोज लगाउन सकिने सिफारिस गरेको थियो । यद्यपी, नेपालमा ६५ वर्षमाथिका करिब साढे १३ लाख ज्येष्ठ नागरिकले पहिलो मात्रा लगाएको १२ हप्ता नाघिसक्दा पनि दोस्रो डोज लगाउन पाएका छैनन् ।

मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment