Search

दोलखामा पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमण मुक्त, ५ जना नयाँ पुष्टी

दोलखामा पछिल्लो २४ घण्टामा ८० जना कोरोना संक्रमण मुक्त, ५ जना नयाँ पुष्टी

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
पछिल्लो २४ घण्टामा दोलखा जिल्लामा आज एकैदिन ८० जना कोरोना संक्रमण मुक्त भएका छन् । जसमा तामकोसी गाउँपालिकाबाट १८ पुरुष, १६ महिला गरि ३४ जना, भिमेश्वर नगरपालिकाबाट १२ पुरुष, २० महिला गरि ३२ जना, मेलुङ गाउँपालिकाबाट २ पुरुष, १ महिला, गरी ३ जना, जिरी नगरपालिकाबाट ८ पुरुष, ३ महिला गरि ११ जना जम्मा ८० निको भएका जिल्ला स्वास्थ्य कार्यालयले प्रकाशित दैनिक अध्यावधीक रिर्पोटमा उल्लेख गरिएको छ ।

यसैगरी चरिकोट अस्पतालमा १० जनाको पिसिआर परिक्षण गरिएकोमा ४ जना र स्थानिय तहमा ५८ जनाको एन्टिजिन परिक्षण गरिएकोमा १ जना गरि ५ जना नयाँ संक्रमित पुष्टी भएको छ । आज थपिएका सँगै जिल्लामा सक्रिय संक्रमितको संख्या ३ सय ६२ पुगेको छ ।

जिल्लामा हाल सम्म १ हजार १ सय २६ पुरुष, ८ सय ९९ महिला गरि २ हजार २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । २ सय ३ पुरुष, १ सय ५९ महिला गरि ३ सय ६२ जना सक्रिय संक्रमित, ९ सय १७ पुरुष, ७ सय ३७ महिला गरि १ हजार ६ सय ५४ जना कोरोनामुक्त भएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!