Search

चरिकोट अस्पताल दोलखाले बेहोस भएकी महिलाको शल्यक्रिया गरि आमा र बच्चा दुवैको ज्यान जोगाउन सफल

चरिकोट अस्पताल दोलखाले बेहोस भएकी महिलाको शल्यक्रिया गरि आमा र बच्चा दुवैको ज्यान जोगाउन सफल

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्ला सदरमुकाम स्थित चरिकोट अस्पतालले उच्च रक्तचापको कारण बेहोस भएकी महिलाको शल्यक्रिया गरि आमा र बच्चा दुवैको ज्यान जोगाउन सफल भएको छ । चरिकोट अस्पतालका प्रमुख डाक्टर बिनोद दंगालको टिमले दिएको उत्कृष्ट प्रसुति सेवाको कारण उनीहरु बाँच्न सफल भएका हो ।

अचेत अवस्थामा अस्पताल आएकी महिला बच्चा पाए पश्चात मात्र आफु अस्पतालमा रहेको थाहा पाएकी बैत्तश्वर गाउँपालीका वडा नं. ५ की सावित्री खड्काले बताईन ।

वान हर्ट वोल्ड वाईडमा काम गर्ने स्टाप नर्स साधना थापालाई गाउलेहरुले खबर गरेपछि तत्काल एमुलेन्सबाट उनलाई सदरमुका चरिकोट स्थित चरिकोट अस्पातलमा ल्याएर उपचार गरेको बिरामीका आफन्तले बताउनु हुन्छ ।

वान हर्टमा संस्थाले मातृ तथा नवजात शिशु मृत्यूदरमा कमी ल्याउन टेवा पुगोस भन्ने उदेश्यले २०७७ साउनबाट शुरु गरेको यस कार्यक्रमका कारण चरिकोट अस्पतामा ५६ जना र जिरी अस्पतालमा ४ जना गर्भवतीले सुत्केरी महिलाहरुले सेवा पाएका छन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!