Search

बागमती प्रदेश सरकारले दोलखा जिल्लाको फिल्मसिटी लगायत जिल्लाको कुन कुन क्षेत्रमा कति बजेट विनियोजन भयो (विवरण सहीत)

बागमती प्रदेश सरकारले दोलखा जिल्लाको फिल्मसिटी लगायत जिल्लाको कुन कुन क्षेत्रमा कति बजेट विनियोजन भयो (विवरण सहीत)

आगामी आर्थिक वर्षको लागि बागमती प्रदेश सरकारबाट दोलखा जिल्लाको लागि गरिएको बजेट विनियाजन सम्वन्धी दोलखा जिल्लाबासीको जानकारीको लागि यहाँ समावेश गरेका छौं ।

बाँपीझ्याला, काठमाण्डौं । बागमती प्रदेश सरकारले आर्थिक बर्ष २०७८÷०७९ मा दोलखा डाङडुङ्गे डाँडा स्थित निर्माणाधित अवस्थामा रहेको दोलखा फिल्म सिटी, खानेपानी, सडक र सिँचाई जस्ता पूर्वाधार लगाएतका विकास निर्माणका कार्यक्रमहरुको लागि बजेट विनियोजन गरिएको छ । यसरी बागमती सरकारले दोलखा जिल्लामा विनियोजन गरिएको बजेटलाई कम महत्व दिएको छ । स्थानियस्तरमा संचालन हुने पूर्वाधारका विकास निर्माणका क्रियाकलापहरु पनी थोरै मात्र समेटिएको छ भने बजेट सिलिङ कम रहेको छ ।

यसै गरी आजभन्दा नौ बर्ष अगाडी जिल्लाको डाडढुंगे डाँङामा शिलान्यास भएको फिल्म सिटी निर्माणको लागि केन्द्रिय सरकारले बजेट विनियोजन गरेको छैन । तर प्रदेश सरकारले यस कार्यको लागि प्रवेशद्वार र सूचना सहितको प्रशासनिक भवन निर्माणको लागि भने साँढे तिन करोड बजेट विनियोजन गरेको छ । यसरी प्रदेश सरकारको प्राथमिकतामा परेर सबभन्दा बढी बजेट बिनियोजन भएको दोलखा जिल्ला भित्रको ठुलो योजना नै यही फिल्मसिटीको बजेट रहेको छ । फिल्मसिटीलाई संघिय र प्रदेश सरकार दुवैको बजेट विनियोजन प्राथमिकता भित्र परेको देखिन्दैन ।

यसै गरी भीमेश्वर नगरपालीका स्थित नेपाल बार एशोसिएसनलाई ३० लाख, ५ वटा सडक निर्माणका लागि १ करोड, भीमेश्वर नगरपालीका वडा नं. ५ मा खेल मैदानको लागि २० लाख र वडा नं. ६ मा टासि गुम्बा निर्माणको लागि १५ लाख विनियोजन गरिएको छ । यसै गरी भीमेश्वर नगरपालीका चरिकोट स्थित टुँडिखेल र नागदह सडक स्तरोन्नतिको लागि १५÷१५ लाख गरी ३० लाख रहेको छ ।

यसै गरी जिरी नगरपालीकामा सशर्त अनुदान अन्तर्गत सबैभन्दा बढी बजेट बसपार्क व्यवस्थापनको लागि ५० लाख विनियोजन गरेको छ । यस्तै गरी वडा नं. १ मा खोल्मे उर्लेनी दलित महिलाहरुलाई बगुर पालन खेती, वडा नं. ४ मा जनजाती महिलाहरुको अर्गानिक खेती र वडा नं. ७ मा सिमान्तकृत महिलाहरुको लागि अर्गानिक खेती गर्नका लागि २०÷२० लाखका दरले बजेट बिनियोजन गरेको छ । यसै गरी समपुरक अनुदान अन्तर्गत जिरी फुलपिङ झाँक्रे सडकको लागि १ करोड ४९ लाख ९३ हजार र जिरी ६ स्थित ल्याण्ड फिल्ड साईट निर्माणका लागि १ करोड ११ लाख ७ हजार रहेको छ । यसै गरी जिरी नगरपालीका विशेष अनुदान अन्तर्गत लिसेटोल खानेपानीका लागि ४६ लाख बजेट विनियोजन भएको छ ।

कालिन्चोक गाउँपालिकामा सशर्त अनुदान अन्तर्गत सबैभन्दा बढी पूर्वाधार भएका स्वास्थ्य संस्थामा १५ बेड क्षमता सम्मको अस्पताल सञ्चालनका लागि सिंगटी प्राथमिक स्वास्थ्य केन्द्रका लागि ५० लाख बजेट विनियोजन गरिएको छ । कालिन्चोक ९ मा खोला पुल निर्माणका लागि ४० लाख कालिञ्चोकमा भतरेचौर थुम्का ग्रामीण सडक कालिन्चोक ८ मा चैघरा डाँडाथोक खेलकुद मैदान निर्माण कालिञ्चोक ५ मा थामी सङ्ग्रहालय निर्माणका लागि २०÷२० लाखका दरले बजेट परेको छ ।

कालिञ्चोकमा समपुरक अनुदान अन्तर्गत जैसीटोल टुटुवान सडकका लागि ९९ लाख ९२ हजार, सोलुखोला निकोभूमी वंशथली कालिन्चोक सडकका लागि ९९ लाख ९१ हजार र सिंगटी संस्कृतिग्राम सडक क्रमागतका लागि ९९ लाख ७० हजार बजेट छुट्टाइएको छ । गाउँपालीकालाई विशेष अनुदान अन्तर्गत कालिन्चोक ८ को खानेपानी योजनाका लागि ६० लाख बजेट विनियोजन गरिएको छ ।

गौरीशंकर गाउँपालिकामा सर्शत अनुदान अन्तर्गत वडा नं ६ स्थित दुम्सीदिङ बुथु जयन्तीपुर सडक वडा नंं ७ स्थित मार्वु कृषि सडक वडा नं ५ स्थित लुवाङसा चिवाजी गोसा बुकिनी धुपिनी याले पर्यटन सडक र मेसेल पलाती सिंचाई आयोजनाका लागि २० लाखका दरले बजेट परेको छ । यसै गौरीशंकर वडा नं. २ स्थित नमूना कृषक समूह कृषि प्रवद्र्धन तथा व्यवस्थापन र सामुदायिक बीउ बैंक स्थापनाका लागि २० लाख बजेट परेको छ । गाउँपालिकामा समपुरक अनुदान अन्तर्गत मार्वु, चंखु सुरी गाउँपालिका सडक क्रमागतका लागि १ करोड चमार जयन्तीपुर सडकका लागि ७५ लाख ४ हजार र सुरी चेदुङ्ग पर्यटन सडकका लागि ५० लाख ३० हजार बजेट विनियोजन गरिएको छ ।
गौरीशंकर गाउँपालीकामा विशेष अनुदान अन्तर्गत छ्यारछ्यारे खानेपानी आयोजनाका लागि ३० लाख बजेट परेको छ ।

तामाकोशी गाउँपालीकामा सर्शत अनुदान अन्तर्गत जफ स्वास्थ्य चौकी भवन निर्माणका लागि १ करोड बजेट परेको छ भने गाउँपालिकामा बिउ वैंकको गोदाम घर निर्माणका लागि ४० लाख बजेट छुट्याएको छ । तामाकोशी वडा नं. ५ मा जाल्पादेवी गोवर्धनटार सडक वडा ३ मा सभाहल निर्माण तथा फर्निसिङ वडा नं. ६ मा खेल मैदान निर्माण र गाउँपालिकामा सभाहल भवन निर्माणका लागि २५ लाख दरले बजेट छुट्याइएको छ ।

तामाकोशी गाउँपालिकामा समपुरक अनुदान अन्तर्गत डाडागाउँ फेवाताल सडकका लागि ९९ लाख ९२ हजार किर्ने रिठ्ठाबोट भोटेछाप सकडका लागि ९९ लाख ६८ हजार देउराली जङ्घारे सडकका लागि ९९ लाख ९९ हजार बजेट विनियोजन गरिएको छ । तामाकोशी लागि विशेष अनुदान भने उपलब्ध गराएको छैन ।

बैत्तश्वर गाउँपालिकामा बागमती प्रदेश सरकारको सशर्त अनुदान अन्तर्गत वडा नं. ५ स्थित मैनापोखरी खानेपानी योजना वडा नं ४ स्थित हनुमन्तेश्वर क्याम्पस छात्रावास वडा नं. ६ स्थित हितेसी साना किसान सहकारी नाम्दु वडा नंं २ स्थित कृषि संकलन केन्द्रका लागि २०÷२० लाख बजेट परेको छ । यस्तैगरी बैत्तश्वर गाउँपालीकाको वडा नं ५ स्थिति डुंगेश्वरी देउराली पोखरी निर्माणका लागि २० लाख र बैत्तश्वर ७ मा निर्माणाधिन आधारभूत स्वास्थ्य केन्द्र भवन निर्माणका लागि २० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकामा समपुरक अनुदान अन्तर्गत देउराली डाङढुंगेश्वरी मन्दिर फेदी क्षेत्रपा सडकका लागि ९६ लाख ९६ हजार थुम्कीटार पुतलीकाठ सडकका लागि ९९ लाख ९९ हजार र मैनापोखरी ढल डम्पीङ साईट निर्माणका लागि ५० लाख बजेट परेको छ । बैत्तेश्वर गाउँपालिकामा विशेष अनुदान अन्तर्गत मार्वु खानेपानी आयोजनाका लागि ६० लाख बजेट विनियोजन गरिएको छ ।

यसै दोलखाको मेलुङ गाउँपालिकामा सशर्त अनुदान अन्तर्गत मेलुङ सत्यश्वर मार्गका लागि सबैभन्दा बढी एक करोड बजेट प्रदेश सरकारबाट उपलब्ध हुने भएको छ । डाँडाखर्क स्वास्थ्य चौकी भवन निर्माणका लागि ४० लाख वडा स्थित सेतीदेवी मन्दिर निर्माण उर्लिनीका लागि १५ लाख बजेट परेको छ भन भन्ज्याङ डाँडामा गुरु रिम्पोछे र बुद्ध मूर्ति निर्माणका लागि १५ लाख बजेट विनियोजन गरिएको छ । मेलुङ गाउँपालिकाका लागि समपुर अनुदार अन्तर्गत भ्याकुरी देखी चरंगेका लागि ९९ लाख ९९ हजार गोले गाँउ मार्ग मालु खोलादेखि धामीवारीसम्म ९९ लाख ९९ हजार र विरौटामार्ग, पौवादेखि तीनपिप्ले सडक योजनाका लागि ९९ लाख ९९ हजार बजेट विनियोजन गरिएको छ । मेलुङमा प्रदेश सरकारबाट दलित समुदायको आर्थिक रुपान्तरणको लागि उद्यमशील कार्यक्रमका लागि विशेषण अनुदान बापत ३० लाख बजेट विनियोजन भएको छ ।

विगु गाउँपालिकामा सशर्त अनुदान अन्तर्गत वडा नं ४ स्थित ताईलाङ जिम्बागाउँ खानेपानी योजना र शित भण्डार निर्माण वडा नंं ८ मा डाडाखेत सिँचाई योजना वडा ३ मा लाँकुरीडाडा, पिपलडाँडा ग्रामीण सडक निर्माण र वडा नं. ५ मा रातोपाटी खेलकुद मैदान निर्माण तथा पर्खालका लागि २० लाखका दरले बजेट विनियोजन भएको छ । बिगुमा समपुरक अनुदान अन्तर्गत लादुक ढाकेबोट सडक स्तरोन्नतिका लागि ९७ लाख १७ हजार र विगु पोलिटेक्नीक ईन्टीच्युटका लागि ८४ लाख ४० हजार बजेट प्रदेश सरकारबाट उपलब्ध हुने भएको छ । विगु गाउँपालिकामा खोलाखर्कबाट वडा ९ का लागि खानेपानी योजनाका लागि विशेष अनुदान बापत ५५ लाख बजेट विनियोजन गरिएको छ ।
यसै गरी शैलुङ गाउँपालिकामा सशर्त अनुदान अन्तर्गत सबैभन्दा बढी पचास प्रतिशत लागत साझेदारीमा आलु परिकार सम्वन्धी उद्योग स्थापनाका लागि ४० लाख बजेट परेको छ ।

यसै गरी सैलुङ ४ स्थित नमूना कलंगरी मागे खोला सडक र वडा नं ३ स्थित देवस्थान कृषि समुह सामुदायिक भवनका लागि ३० लाख बजेट विनियोजन भएको छ । यस्तै वडा नं ३ स्थित मनमोहन शिक्षा सदाब प्राथमिक विद्यालय पहिरो नियन्त्रण र वडा नं. ४ स्थित दुर्गा मावि खेलकुद मैदानमा पर्खाल निर्माणका लागि बिस बिस लाख बजेट छुट्याइएको छ भने वडा नं. १ दुधपोखरी स्थित जितजंग छ्योर्तेन गुम्बा पार्क निर्माणका लागि १५ लाख र शैलुङ काखापानी महादेव मुर्ति स्थापनाका लागि दस लाख बजेट परेको छ ।

शैलुङमा वडा नं. १ स्थित साङ्गेलीङ छोर्तेन गुम्ब निर्माणका लागि १२ लाख र शैलुङ कालापानी महादेव मूर्ति स्थापनका लागि १० लाख बजेट विनियोजन गरिएको छ । शैलुङमा समपुरक अनुदान अन्तर्गत ढुंगेकालापानी सडक र बाघखोर बैसे सडकका लागि एक एक करोड बजेट विनियोजन गरिएको छ । शैलुङ गाउँपालीका वडा नं. ४ स्थित जिम्वुखोला खानेपानी आयोजनाका लागि बयालिस लाख रुपैया बजेट विशेष अनुदान बापत उपलब्ध हुने भएको छ ।

यसरी आगामी आर्थिक बर्षको लागि बजेट विनियोजन भएतापनी जिल्लाका अधिकांश जनप्रतिनिधीहरुले यस बारेमा नपुग भएको भन्दै दोलखा जिल्लाबाट प्रतिनिधत्व गर्नु भएका प्रदेश मन्त्री समक्ष गुनासो व्यक्त गरेका छन् ।


मल्टिमिडिया ग्यालरी

[embedyt] https://www.youtube.com/embed?listType=playlist&list=UCrfKpAHWbiEIg0uksaq5iKw&layout=gallery[/embedyt]

Written by 

Related posts

Leave a Comment