Search

उपत्यकामा प्रशासनका स्थगित सेवा भोलिबाट सुचारु गरिने

उपत्यकामा प्रशासनका स्थगित सेवा भोलिबाट सुचारु गरिने

बाँपीझ्याला, काठमाण्डौं । जिल्ला प्रशासन कार्यालय काठमाडौँले कोरोनाका कारण स्थगित सबै सेवा मंगलबारबाट सुचारु हुने जानकारी दिएको छ । कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै गत वैशाख १३ गतेबाट स्थगत गरिएका सेवा सुचारु हुने प्रशासनले जनाएको हो ।

कोरोनाको जोखिम बढेपछि अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएका थिए ।

आज एक विज्ञप्ति जारी गर्दै काठमाडौं प्रशासनका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर बुढाले भोलिदेखि सबै सेवा सुचारु गर्ने निर्णय भएको जानकारी दिए ।

‘कोभिड(१९ को संक्रमण उच्च रहँदा मिति २०७८/०१/१३ गतेदेखि यस कार्यालयबाट अत्यावश्यक बाहेकका सेवाहरु स्थगित गरिएकोमा मिति २०७८/०३/०८ देखि लागू हुनेगरि सेवा सुचारु गर्ने निर्णय भएकोले जनस्वास्थ्यका मापदण्डको पूर्णरुपमा परिपालना गरी अत्यावश्यक रुपमा सेवा लिनुहुन पर्ने कारणसहित उपस्थित हुनुहुन सम्पूर्ण सेवाग्राही महानुभावलाई हार्दिक अनुरोध छ ।‘ जारी विज्ञप्तिमा भनिएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!