Search

थप १ हजार ५८४ सङ्क्रमित, ३ हजार १३० सङ्क्रमणमुक्त

थप १ हजार ५८४ सङ्क्रमित, ३ हजार १३० सङ्क्रमणमुक्त

बाँपीझ्याला, काठमाण्डौं । पछिल्लो २४ घण्टामा थप १ हजार ५८४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । यस्तै, ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ४६ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस सङ्क्रमणका कारण ८ हजार ७७२ जनाको मृत्यु भैसकेको छ ।

तीन हजार १३० जना सङ्क्रमणमुक्त भएका छन् । अहिलेसम्म ८९.९ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् ।

मल्टिमिडिया ग्यालरी

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!