Search

दोलखा जिल्ला प्रशासनले एक साताको लागी निषेधाज्ञा थप, अबको निधेषाज्ञामा के गर्न पाईने, के गर्न नपाईने ?

दोलखा जिल्ला प्रशासनले एक साताको लागी निषेधाज्ञा थप, अबको निधेषाज्ञामा के गर्न पाईने, के गर्न नपाईने ?

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमीरेले आज सोमबार राति १२ बजे देखी असार १४ गते सोमबार राती १२ बजे सम्मका लागी जिल्लाभर निषेधाज्ञा आदेश जारी गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन समिती दोलखाको हिजो बसेको बैठकको निर्णय अुनसार एक हप्ता निषेधाज्ञा थपको लागि सिफरिस गरिएको थियो । सोही सिफारिस अनुसार निषेधाज्ञा थप गरिएको हो ।

यसै गरी अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन, निस्कै परेमा स्वास्थ्य मापदण्ड पुर्ण रुपमा पालना गरेर मात्र निस्कन, सभा सम्मेलन जस्ता भिडभाड हुने कुनै पनि गतिविधि नगर्न, विवाह व्रतबन्ध, पास्नी, दिवाली र कुलपुजा लगाएतका शुभकार्य हरु नगर्न र नगराउने, निजी तथा सार्वजनिक सवारीका साधन सञ्चालन गर्न प्रतिबन्ध लगाईएको छ ।

त्यसैगरि बैंक तथा वित्तिय संस्थामा कुल कर्मचारीको २५ प्रतिशत मात्र कर्मचारी राखी कार्यालय सञ्चालन गर्ने, सरकारी कारोबार गर्ने बैंक आइतबार देखी शुक्रबार सम्म र अन्य बैंक, सहकारी लगाएतका वित्तिय संस्थाहरु सााताको आइतबार, मंगलबार र बिहिबार सञ्चालन गर्ने, नागरिकता, राहदानी मालपोत, नापी कार्यालय लगाएतका सेवा बन्द रहने, राष्ट्रिय गौरव लगाएतका विकास निर्माण सँग सम्बन्धित कार्यमा प्रयोग हुने सवारी साधनको हकमा सम्बन्धित आयोजना प्रमुख वा कार्यालय प्रमुखले जारी गरेको पासको आधारमा सञ्चालन गर्न पाउने जनाएको छ ।

यसै गरी सिनेमा हल, पार्टि प्यालेस, होटल, शैलुन, व्युटि पार्लर, फुटसल, जिमखाना, पुस्तकालय बाहेक अन्य सबै किसीमको पसलहरु दिनको मध्यान्ह १२ बजे सम्म खोल्न र सञ्चालन गर्न पाइने उल्लेख गरिएको छ ।

काठमाण्डौ उपत्यका लगाएत अन्य जिल्लाबाट दोलखा जिल्ला भित्र बस्ने गरी आउने व्यक्तिले दोलखा प्रवेश गर्दा सम्बन्धित पालिकाको स्वीकृति दिएको प्रमाण पेश गर्नुपर्ने, दोलखा प्रवेश गर्ने व्यक्तिलाई सीमपानीमा रहेको होल्डिङ सेन्टरमा १४ दिन क्वारेन्टिनमा राख्ने जनाएको छ ।

यसरी निषेधाज्ञा आदेशको उल्लंघन गरेमा कोभिड १९ संकट व्यवस्थापन अध्यादेश, २०७८ र स्थानीय प्रशासन ऐन २०२८ बमोजिम नियन्त्रणमा लिने, तत्काल नगद जरिवाना गर्ने, नियन्त्रणमा लिई थप कानुनी कारवाहि गरिनेछ समेत जनाईएको छ ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!