Search

रकुलले तेलगु फिल्ममा काम नपाएको हल्ला

रकुलले तेलगु फिल्ममा काम नपाएको हल्ला

बाँपीझ्याला, एजेन्सी । रकुलप्रित सिंह हिन्दी र दक्षिणभारतका दुवै उद्योगमा काम गर्छिन् । दुवैतिर काम गर्ने भएपछि स्वभावतः रकुललाई सितिमिति फिल्ममा लिन सजिलो छैन । तर, महामारीले यो अवस्था परिवर्तन गरिदिएको छ । काम भएका पनि घरमा बस्न बाध्य छन्, नभएका त झन् बस्ने नै भए ।

तर, यही हप्ता रकुल कामको खोजीमा रहेको समाचार आयो । केही अनलाइन पोर्टलले रकुल काम नपाएर बेरोजगार भएको समाचार छापे । यस्ता समाचारमा रकुलले खासगरी तेलगु फिल्म उद्योगमा काम नपाएको दाबी गरेका थिए ।

तर रकुलले ट्वीट गर्दै यो समाचारको खण्डन गरेकी छिन् । उनले लेखेकी छिन्, ‘ मैले कहिले र कोसँग यस्तो भनेँ हुँला रु वर्षमा ३ सय ६५ दिन हुन्छन् । यसमा ६ वटा भन्दा बढी फिल्म म्यानेज गर्न कसैले आउँछ भने मलाई भन्नुहोला । हेडलाइनका लागि जे पनि भन्दिने १’

रकुलको अघिल्लो महिना मात्र अर्जुन कपुरसँग जोडी बनेर खेलेको ‘सरदारका ग्रान्डसन’ शीर्षकको फिल्म नेटफ्लिक्समा रिलिज भएको थियो । तेलगुमा भने गतसाल उनको एउटा मात्र फिल्म रिलिज भयो ।

हिन्दीतर्फ भने रकुलले अजय देवगन र अमिताभ बच्चनसँग ‘मेडे’मा अभिनय गरिरहेकी छिन् । पहिलो सेड्युलको सुटिङ सकेर यो फिल्म दोस्रो सेड्युलको पर्खाइमा छ । त्योबाहेक रकुल हिन्दीमा बनिरहेका ‘डाक्टर कश्यप’,‘थ्यांक गड’, ‘इन्डियन २’, ‘अट्याक’ आदि फिल्ममा काम गरिरहेकी छिन् ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!