Search

दोलखा जिल्लामा थप एक हप्ता लकडाउनको लागि सिफारिस

दोलखा जिल्लामा थप एक हप्ता लकडाउनको लागि सिफारिस

अजय प्रधान,
बाँपीझ्याला, दोलखा ।
जिल्ला संकट व्यवस्थापन दोलखाले निषेधाज्ञा एक हप्ता थपको लागि सिफारिस गरिएको छ । कोभिड १९ संकट व्यवस्थापन समिती दोलखाको आज बसेको बैठकले एक हप्ता लकडाउन थप गर्नको लागि जिल्ला प्रशासन कार्यालय दोलखालाई सिफारिस गरिएको छ ।
जिल्लामा कोभिड १९ को संक्रमण अझई कम नभएकोले उक्त जोखिमलाई मध्यनजर गरी समितीको आज बसेको बैठकको निर्णय अनुसार यही अषाढ १४ गतेसम्म लकडाउन थप्न सिफारिस गरिएको जिल्ला समन्वय समितीका प्रमुख डबल पाण्डेले बताउनु भयो ।

कोभिड १९ को दोश्रो संक्रमण शुरु भए लगतै गत बैशाख २२ गतेबाट शुरु भएको निषेधाज्ञा अहिलेसम्म पाँचौ पटक निषेधाज्ञा पुरा गरी यो निषेधाज्ञा सिफारिस गरिएको समेत गरी छैठौं पटक थप गर्ने भएको हो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!