Search

चाउचाउ दिएको पनि फोटो खिच्न थालेपछि मेलम्चीवासी आक्रोशित

चाउचाउ दिएको पनि फोटो खिच्न थालेपछि मेलम्चीवासी आक्रोशित

बाँपीझ्याला, सिन्धुपाल्चोक । राहत वितरण गर्न जानेले एक बोरा चामल, चाउचाउ दिएको पनि फोटो खिच्न थालेपछि मेलम्चीवासीले असन्तुष्टि जनाएका छन् । बिहीबार एमाले निकट अनेरास्ववियूले राहत वितरण गर्दा घम्साघम्सी नै भयो । पार्टीको ब्यानर राखेको भन्दै स्थानीयले विरोध जनाए । स्थानीय वासिन्दाहरुले पार्टीको ब्यानर पनि च्यातिदिए ।

स्थितिलाई नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीले नै हस्तक्षेप गर्नुपर्‍यो । विवाद भएपछि हाल बाढीपीडितलाई राखिएको इन्द्रेश्वरी माविमा पीडितबाहेक अन्यलाई प्रवेश निषेध गरिएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी अरुण पोखरेलले बताए ।

मेलम्ची नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृतकुमार धिताल पनि राहत वितरणलाई व्यवस्थित गर्न खोजिएको बताउँछन् ।‘ वडाध्यक्ष मार्फत पीडितको यकिन विवरण संकलन गरिरहेका छौं,’ उनले भने, ‘विवरण आएपछि पीडितलाई अस्थायी परिचय पत्र दिएर वितरण गर्ने तयारी छ ।’

त्यही कार्डको आधारमा विद्यालयबाट उनीहरुलाई आउजाउ गर्न पनि दिने उनले बताए । अब जिल्ला विपद व्यवस्थापन समिति र स्थानीय विपद व्यवस्थापन समितिमार्फत राहत वितरण गरिने प्रजिअ पोखरेलले बताउनु भयो ।

Written by 

Related posts

Leave a Comment

error: Content is protected !!